Aamsanchar

टिपिक्क टाँसिने जीन्स लगाउनुहुन्छ? सावधान ! मृगौला ड्यामेज होला

Author Image
मङ्गलवार, चैत १, २०७३

एजेन्सी ,

धनीदेखि गरीबसम्म सबैले आजकल जीन्स पाइन्ट लगाउन रुचि देखाउने गरेका छन् । हेर्दा आकर्षक पनि हुनाले जीन्सलाई धेरैले मन पराएका हुन् । तर जिन्सको कपडा लगाउदा टिपिक्क टाँसिने खालको लगाउनु भयो भने शरीरलाई कष्ट पनि हुने गरेको पाईन्छ । जीन्स किन्दा जहिले पनि खुट्टा चलाउन कत्तिको सजिलो हुन्छ र तिघ्रा अनि नितम्बलाई सजिलो हुन्छ कि हुँदैन, सबै विचार गर्नुपर्छ । सानो साइजका लुगा कहिल्यै लगाउनु हुँदैन । यो लगाउँदा तपाईंको शरीरलाई हानि पुग्छ ।

भुँडी ठूलो भएका अनि बोसो लुकाउनका लागि कम्मरमुनि जीन्स ९लो वेस्ट जीन्स० लगाउने मान्छेले स्वास्थ्यलाई हानि गराउँछन् । अब फेशनका लागि त यस्तो जीन्स राम्रै देखिएला तर यसको दीर्घकालीन असर नराम्रो हुन्छ । धेरै टाइट जीन्स लगाउँदा पुरुषको अण्डकोष बिग्रेर उनीहरू नपुंसक हुन पुग्छन् । टाइट जीन्सले नसा र मांसपेशी पनि खराब बनाउँछ ।

चिकित्सकहरूले कम्पार्टमेन्ट सिन्ड्रोम भनी चिनाउने रोग पनि टाइट जीन्सका कारण लाग्छ । यसले गम्भीर आन्तरिक रक्तश्राव गराउँछ र मांसपेशी फुलाइदिन्छ । हिँडडुल गर्नै अप्ठ्यारो गराइदिन्छ । टाइट जीन्सले मृगौला पनि ड्यामेज गरिदिन्छ । चिपिक्क टाँसिएका जीन्सले तपाईंको सौन्दर्य बढाउनुपर्नेमा तपाईंको आकार नै बदल्न थालेमा तपाईं तत्काल सचेत हुनुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर