Aamsanchar

फेशनमात्रै होइन स्वास्थ्यका लागि पनि लाभदायक छ दाह्री, जान्‍नुहोस् ९ फाइदा

Author Image
मङ्गलवार, चैत १, २०७३

एजेन्सी :

पुरुषहरु फेशनका लागि दाह्री पाल्छन्। तर स्वास्थ्यका लागि पनि यो फाइदाजनक छ। वैज्ञानिक रुपमा के प्रमाणित भैसकेको छ भने दाह्री पाल्ने पुरुषहरुमा छाला सम्बन्धी समस्या कम आउँछ। म्याक्स हेल्थ केयरका स्किन स्पेशलिस्ट डा अपूर्व जैनले दैनिक भास्कर डटकमलाई दाह्री पाल्नुका १० फाइदाबारे जानकारी गराएका छन्।

हावाका कारण छाला सुख्खा हुनसक्छ। तर दाह्री राख्नाले यसको सुरक्षा हुन्छ।

छाला सफ्ट रहन्छ। एयरवोर्न ब्याक्टेरिया दाह्री पाल्नेको मुखमा पुग्न पाउँदैन्। जसका कारण गालामा इन्फक्सन हुन पाउँदैन। तर जाडोबाट पनि छाला बच्छ।

दाह्रीले शरिरको तापक्रम मेन्टेन गर्छ। यसले एलर्जी, सर्दी लगायत विभिन्न रोगसँग लड्ने क्षमता वृद्धी गर्छ।

दाह्री पाल्नाले अनुहारमा धुलो र माटोको असर कम पर्छ।

थुप्रै अनुसन्धानबाट के प्रमाणित भएको छ भने सूर्यबाट निस्कने हानिकारक युवी किरणबाट दाह्रीले तपाईलाई जोगाउँछ। यसले स्किन क्यान्सरको खतरा टार्छ।

धुलो र माटोको असर कम पर्ने भएका कारण छालाको चमक बढाउँन मद्दत गर्छ।

डण्डीफोर तथा अन्य साना खटिराहरुको समस्याका बाबजुद कसैले नियमित रुपमा दाह्री काट्छन्। दाह्री काट्दा त्यस्ता पिम्पल्सहरु काटिने वा छालामा असर गर्ने संभावना रहन्छ। जसका कारण इन्फेक्सन बढ्छ। दाह्री पाल्ने हो भने यो समस्याबाट मुक्ती पाइन्छ।

दाह्रीमा सेबेसियल ग्लैंड्स कभर्ड हुन्छ। जसबाट छालालाई नरम बनाउने पदार्थ निस्कन्छ। दाह्री पाल्नाले चाउरी पर्ने संभावना कम हुन्छ।

हावाका कारण अनुहार फुस्रो देखिनसक्छ। दाह्री पाल्नाले छाला चिल्ला हुन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर