Aamsanchar

आजको राशिफल- बि.स.२०७३ चैत्र ०२ गते । बुधबार ।

Author Image
बुधवार, चैत २, २०७३
बि.स.२०७३ चैत्र ०२ गते । बुधबार । ईश्वी सन् २०१७ मार्च १५ तारिख ।
मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यतित गर्दा खुशी भएको महसुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउँनेछ ।

brish

वृष राशि – Taurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सिर्जना हुँन सक्छ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ, ध्यान दिनुहोला । कामहरु समयमा नबन्नाले मानशिक तनाब बढ्नेछ । आफ्नो ब्याक्तिगत कुराहरु अरुले थाहा पाई आलोचना गर्न सक्छन् ध्यान दिनुहोला । अध्ययनमा रुचि नँजादा अरुभन्दा पछि परिनेछ ।

mithun

मिथुन राशि – Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यतित गर्दा खुशी भएको महसुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउँनेछ । व्यवसायिक यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाफा कमाउँन सकिनेछ । जीवन साथीको सहयोगले नयाँ काम गर्न जोस जाँगर आउँनेछ । पढाई लेखाईमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ ।

karkat

कर्कट राशि – Cancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कृषि तथा पशुपालन व्यवसायबाट भनेजस्तो नाफा कमाउँन सकिनेछ भने जग्गा खरीद बिक्रीबाट आम्दानी गर्न सकिनेछ । आमा तथा साथीभाई ईष्टमित्रबाट सहयोग हुँने हुँनाले मन खुशी हुँनेछ । बिद्यामा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । आफ्नो भन्दा अरुको काममा दिन बित्ने हुँदा साथीभाई खुशी रहनेछन् । सामाजिक काममा दिन बित्ने योग रहेको छ ।

sigh

सिंह राशि – Leo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् । व्यापार व्यवसायमा लगानी गर्दा घाटा हुन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । पढाई लेखाईमा ध्यान नजाँदा अरु भन्दा पछि परिनेछ । माया प्रेममा धोका हुँनेछ भने पति पत्नि सँग मनमुटाब बढ्न सक्छ । आश्वासन दिनेहरुले फसाउन सक्छन् ध्यान दिनुहोला ।

kanya कन्या राशि – Virgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बोलीको प्रभाव बढ्ने हुँनाले बोलेरै धन तथा सम्पति कमाउँन सकिनेछ । व्यापार व्यवसायमा आम्दानी बढ्नेछ भने होटल तथा रेष्टुरामा गरेको लगानीबाट भनेजस्तो नाफा कमाउँन सकिनेछ । पढाई लेखाई सुधार भएर जाने हुँनाले अरुलाई पछिनै छोड्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा मायालु सँग मिठा मिठा परिकारका साथ दिन कटाउँन पाउदा मन खुशी रहनेछ ।

 

tula

तुला राशि – Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउँन सकिनेछ भने लगानि गर्ने वातावरण बनाउँन सकिनेछ । तपाईको लवाई खवाई देखेर सबैजना मोहित हुनेछन् । अध्ययन तथा अध्यापनमा सुधार भएर जाने तथा सकारात्मक नतिजा हात पर्नेछ ।

 

वृश्चिक राशि – Scorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

लामो दुरीको बिदेश यात्राको तय हुँनेछ । बिदेशी सामानको व्यापार व्यवसाय बढेर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । पढाई लेखाईमा अलि समय दिंदा राम्रो प्रगति हुनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने पति पत्नि बिच बिश्वास बढेर जानेछ । साथीभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने नयाँ वातावरण बन्नेछ ।

 

धनु राशि – Sagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम तथा दाम दुवै कमाउँन सकिनेछ । नौलो प्रकृतिको काम गरि आयस्रोतमा बृद्धि गर्न सकिनेछ । व्यवसायबाट मनग्गे फाईदा हुनेछ । घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउँनेछ । बिभिन्न किसिमका भौतिक लाभ हुनेछन भने सवारी साधन प्राप्तिको योग रहेको छ । अध्ययनमा मन जानेछ ।

 

मकर राशि – Capricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

राज्य पक्षबाट अनावश्यक झै झमेला आईलाग्न सक्छ । मान सम्मान तथा प्रतिष्ठामा कमि महशुस हुँनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । व्यवसायमा समय दिएपनि आम्दानी गर्न मुस्किल पर्नेछ । साथीभाई तथा आफन्तबाट बिश्वासघात तथा धोका हुनेछ भने स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ, ध्यान दिनुहोला ।


कुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा तपाईकै बर्चस्व रहनेछ । व्यापार व्यवसायमा साथीभाई तथा आफन्तको सहयोग हुनेछ । धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

 

मीन राशि – Pisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आफन्त तथा दिदिबहिनीबाट तपाईले शुरु गरेको काममा आर्थिक तथा भौतिक सहयोग हुँने हुँनाले मन प्रशन्न हुँनेछ । अड्किएर बसेका कामहरुलाई सुल्झाउदै नयाँ काम गर्ने वातावरण बनाउँन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै मनग्गे लाभ लिन सकिनेछ । उद्योग तथा व्यापारबाट राम्रो आम्दानी गर्न सकिनेछ । पति पत्नि बिच व्यवहारिक कुरामा मनमुटाब भएपनि अन्तत सहमतिमा नै व्यावहार मिलाउँन सकिनेछ- nepaliheadlines.com

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर