Aamsanchar

आजको राशिफल-बि.स.२०७३ चैत ०३ गते । बिहिबार , ईश्वी सन् २०१७ मार्च १६ तारिख

Author Image
बिहिवार, चैत ३, २०७३
मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

एकल तथा साझेदारी व्यवसायमा लगानी गरि प्रशस्त आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा थोरै समय दिंदापनि उत्कृष्ट नतिजा हात लाग्नेछ । माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिचको सम्बन्धमा थप सुमधुरता बढेर जानेछ । भौतिक सम्पति तथा उपहार प्राप्तिको योग रहेको छ । पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।

 

वृष राशि – Taurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

अध्ययन तथा अध्यापनमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । वादविवाद तथा प्रतिस्पर्धामा आज हुँने नतिजा तपाईको पक्षमा आउँने छैन । अप्ठ्यारा परिस्थितिको सामना गर्नु पर्ने तथा व्यापार व्यवसायमा चुनौतीको सामना गर्नुपर्नेछ । माया प्रेम तथा पति पत्निबिच मायामा अबिश्वास बढ्ने हुँनाले होसियारी अपनाउँनुहोला । यात्राका क्रममा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ ।

 

मिथुन राशि – Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आकस्मिक धन तथा भौतिक सम्पति लाभ हुँने योग रहेको छ । पढाई लेखाईमा भनजस्तो सफतला हात लाग्नेछ भने बौद्धिक ब्यक्तित्व सामु प्रस्तुत गर्नुभएको तपाईको प्रस्तुतिले सबैको मन जित्नेछ । सन्तान तथा आफन्तको सफलतामा रमाउँने समय रहेको छ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै तपाई आफ्नै पक्षमा नतिजा ल्याउँन सक्नुहुनेछ ।

 

कर्कट राशि – Cancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

माटो तथा माटोसँग सम्बन्धित कामहरुबाट मनग्गे नाफा कमाउँन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने तथा जनताको पक्षमा कामगर्न सक्दा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्नेछ भने प्रतिस्पर्धीहरुलाई हराउँदै पुरस्कार तथा प्रशंसापत्र जित्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

 

सिंह राशि – Leo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दाजुभाई तथा छिमेकीसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुँनेछ । छोटो यात्रा हुँने भएपनि यात्राका क्रममा बिभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । न्यायालयबाट हुँने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले आज मुद्दा मामिलामा सामेल नहुँनुहोला । माया प्रेममा धोका तथा बिश्वासघात हुँन सक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यवसायमा लगानी गर्नको लागि केहि समय पर्ख र हेरको रणनिति अपनाउँनु पर्नेछ ।

कन्या राशि – Virgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार व्यवसायमा बढोत्तरीको योग रहेको छ भने आम्दानीका स्रोतहरु फराकिला हुँनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुँनाले नौलो प्रकृतिको काम गर्न जाँगर चल्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेको छ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ ।

 

 

तुला राशि – Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सुन्दर तथा बिलासी बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।  नयाँ योजना बनाई महत्वकांक्षी योजना सार्वजनिक गरे नाम तथा दाम दुवै कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता तथा सुमधुरता बढेर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ ।

 

वृश्चिक राशि – Scorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

लामो दुरीको बिदेश यात्राको अधिक सम्भावना रहेको छ भने बिदेशमा उत्पादित सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । सम्मानित काम गरेर चर्चा बटुल्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जाने योग रहेको छ । अन्य काममा व्यस्त हुँनुपर्दा पढाई लेखाईमा तपाईको उपस्थिति कमजोर रहनेछ । आफन्तहरुको लागि समय दिनुपर्दा आफ्नो कामभने थाति रहनेछ ।

 

धनु राशि – Sagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आर्थिक रुपमा सवल हुँनका लागि थालिएका कामहरुबाट मनग्गे लाभ हुँनेछ । पैत्रिक तथा सरकारी धन सम्पति लाभ हुँने योग रहेको छ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने आफन्तहरुसँगको सम्बन्धमा प्रगाडता थपिनेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरु आफै किनारा लाग्नेछन् ।

 

मकर राशि – Capricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

सरकारी कामकाजमा ढिला सुस्ति हुँने योग रहेको छ भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । कामहरु समयमा सम्पन्न नहुँदा दैनिकी प्रभावित हुँनेछ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँने तथा कामहरु बिग्रने अधिक सम्भावना रहेको छ । आफन्तहरु टाढिने तथा पति पत्निबिच घर सल्लाह नमिल्न सक्छ ।


कुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति हुँने योग रहेकोछ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रवल सम्भावना रहेको छ ।

 

मीन राशि – Pisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

बैंक तथा बित्तिय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । ऋण, रोग तथा शत्रुबाट छुट्कारा मिल्ने समय रहेको छ भने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । नयाँ ज्ञान सिक्ने अवसर जुर्नेछ भने खोज तथा अनुशन्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात पर्नेछ । उद्योग धन्दामा सफलता प्राप्त हुँनेछ भने आर्थिक समस्या समाधान भएर जानेछ ।-nepaliheadlines.com

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर