Aamsanchar

कुन-कुन समयमा व्यायाम गर्नु बेस्ट?

Author Image
बिहिवार, चैत ३, २०७३

एजेन्सी:

प्राय हामी दिनभरी आफ्नो दैनिक काममा व्यस्त भइरहेका हुन्छौ। शारीरीक व्यायामका लागि की बिहान की त बेलुकाको समय छुट्ट्याइरहेका छौ। हामी सबैको शरीरमा एउटा जैविक घडी रहेको हुन्छ। त्यही अनुसार शरीरको सम्पूर्ण आवश्यकताको माग गर्दछ। यस कारण यसले रिमाइन्डर जस्तै चुपचाप आफनो काम गरिरहेको हुन्छ।

प्राय बिहान नै व्यायामको लागि उपयुक्त मानिएको छ। तर यो त्यति धेरै फाइदा भने मानिएको छैन। मानिस बिहान उठ्‍ने बित्तिक्कै विस्तारै शरीरले गति लिन थाल्दछ। उठ्‍ने बित्तिक्कै करीब एक घण्टा मन तातो पानी पिउने गर्नु पर्दछ। हल्का नास्ता गरेर मात्रै दौडनु राम्रो मानिन्छ। खाली पेटमा कहिल्‍यै पनि दौड्नु वा अभ्यास गर्नु हुँदैन।

यस्तै मध्यान्ह खानापछि पनि एक घण्टा अभ्यास गर्नु शरीरको लागि उपयुक्त समय मानिन्छ। स्पोर्स्ट विज्ञानका चिकित्सक इंगो फ्रोब्योसका अनुसार साँझ चार बजेदेखि ७ बजे व्यायामका लागि सबैभन्दा उपयुक्त समय मानिन्छ। किनकी यसबेला शरीरमा भरपुर मात्रामा ऊर्जा कायम रहेको हुन्छ।

चिकित्सक फ्रोब्योसले व्यायामको अभ्यासले मानिसलाई थप ऊर्जाशील र फुर्ति बनाउने दाबी गरेका छन्। तौल घटाउन पनि मध्यान्हपछिको व्यायाम नै बढी प्रभावकारी रहने उनको सुझाव छ। यस्तै राति ८ बजेपछि व्यायाम गर्नु राम्रो मानिदैन। किनकी अध्यारोपछि विस्तारै शरीरको क्षमता कम हुँदै गइरहेको हुन्छ।

अभ्यास कसरी गर्ने ?

दिनदिनै होइन दिन बिराएर गर्ने
विशेषज्ञका अनुसार हप्तामा तीन शारीरीक व्यायाम वा जीम जानु उपयुक्त हुन्छ। शरीरलाई कसरतपछि केही दिन आराम दिलाउनु पर्छ। निरनतरको अभ्यासले शरीरमा थकान बढ्ने भएकाले आरामले व्यायाम गर्नु उचित हुन्छ।

पहिला वार्म अप गर्नु जरुरी
कुनै पनि प्रकारको व्यायाम गर्नु पहिले वार्म अप गर्नु जरुरी हुन्छ। यसले शरीरलाई कसरतको लागि तयारी अवस्थामा पुर्‍याउन मद्दत गर्दछ। वार्मअपले शरीरलाई तताउने र भार कम तथा दिमागलाई सतर्क बनाउदछ।

कसरतको गति बिस्तारै बढाउनु बेस
कुनै पनि कसरतको रफ्तार विस्तारै बढाउनु बेस बढाउँछन्। एकै पटक कठिन कसरत गर्नु गलत मानिन्छ। यसले शरीरको मांशपेशीमा चोट पुग्‍ने भएकाले विस्तारै दवाब दिनु उपयुक्त हुन्छ।

पानी पिउनु उत्तम
कसरत गरिरहेको बेला पानी पिउनु उपयुक्त हुन्छ। पानी कम भएमा कसरत गरिरहेको बेलामा रिंगाटा लाग्‍ने भएकाले सकभर पानी प्रशस्त मात्रा पिउनु पर्दछ।अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर