Aamsanchar

सेक्स सम्बन्धी केही अनौठा तथ्य

Author Image
बिहिवार, चैत ३, २०७३

विश्वमा विभिन्न खालका अध्ययन अनुसन्धान हुने गर्छन् । ती मध्ये कतिपय अनुसन्धानमा धेरैलाई चासो नहुने भएपनि कतिपय भने निकै रोचक हुने गर्छन् । अझ सेक्सका विषयमा हुने गरेका अध्ययन तथा त्यसबाट प्राप्त नतिजा सबैको चासोको विषय बन्दछ ।

विश्वभरीका मानिसको यौन व्यवहारको अध्ययन गरी सन् २००० मा एउटा ठूलो किताब नै तयार पारिएको थियो । द पेन्गुइन एटलास आफ ह्युमन सेक्सुअल बिहावियोर नामको उक्त किताबमा विश्वका विभिन्न देशका मानिसका रोचक यौन व्यवहार तथा यौनसम्बन्धी रोचक तथ्य समावेश गरिएको छ । केही तथ्य निम्न छन् ।

१,  विश्वमा हरेक दिन १२ करोड पटक सेक्स गरिन्छ, यसको अर्थ यो धर्तीमा दिनहुँ २४ करोड जना मानिसले सेक्स गर्ने गर्छन् ।

२,  सबैभन्दा लामो समयसम्म सेक्स क्रिडा गर्नेमा ब्राजिलका मानिस छन् । ब्राजिलियनहरुले एक पटकको सेक्समा औषतमा ३० मिनेट समय बिताउँछन् । दोश्रोमा २८ मिनेट सहित अमेरिकीहरु छन्, तेश्रोमा २३      मिनेट सहित क्यानडाली छन् भने चौथोमा २१ मिनेट सहित बेलायती परेका छन् ।

३, विश्वमा सबैभन्दा छिटो वा छोटो समय सेक्स गर्नेमा थाइल्याण्डका नागरिक पर्छन् । थाइहरुले एकपटकमा औषतमा १० मिनेटमात्र सेक्स गर्छन् । सेक्समा धेरैबेर टिक्न नसक्नेमा रसियन हरु दोश्रो स्थानमा            पर्छन् । रसियनहरुले एकपटकको सेक्समा १२ मिनेट मात्र बिताउन सक्छन् ।

४,  विश्वमा सेक्सको मामिलामा सबैभन्दा सक्रिय मानिसमा रुसी, अमेरिकी तथा फ्रान्सेली छन् । उनीहरुले वर्षमा औषतमा १ सय ३० पटक सेक्स गर्ने गरेका छन् । त्यस्तै विश्वमा सबैभन्दा कम सेक्स गर्नेमा                हङकङका मानिस परेका छन् । हङकङका मानिसले वर्षमा औषतमा ५० पटकमात्र सेक्स गर्छन् ।

५,  विश्वमा सबैभन्दा बढि कण्डम प्रयोग गर्नेहरुमा थाइल्याण्डका मानिस पर्छन् । सयमा ८२ जना थाइ मानिसले सेक्सका बेला कण्डम प्रयोग गर्ने गरेका छन् ।

६,  विश्वमा ६० प्रतिशत विवाह मागी विवाह हुने गरेको छ ।

७,  विश्वमा सबैभन्दा बढि सम्बन्ध विच्छेदको दर भएका देश अमेरिका र अस्ट्रेलिया हुन् ।

८,  जर्मनी र बेलायतका ७० प्रतिशत युवतीहरुले बिहे नगर्दै सेक्सको अनुभव लिइसकेका हुन्छन् भने एसियाली युवतीहरुमा बिहे नगर्दै सेक्सको अनुभव लिने सयमा १० जनामात्र छन् ।

९,  अमेरिका, क्यानडा, अस्ट्रेलिया, स्विडेन तथा दक्षिणी अप्रिmका विश्वमा महिलामाथि सबैभन्दा बढि बलत्कार हुने देशहरु हुन् । जहाँ हरेक १० हजार महिलामा ४ जना महिला बलत्कारमा परेका हुन्छन् ।

१०,  मध्य अप्रिmका र चेक रिपब्लिकका मानिसहरु कम उमेरमा सेक्सको अनुभव गर्ने मामिलामा अग्र स्थानमा छन् । ती देशमा औषतमा १५ वर्षको उमेरमा किशोर किशोरीले सेक्सको स्वाद चाखिसकेका              हुन्छन् ।

११,  विश्वमा महिलाहरुको स्तनको आकार पुस्ता पिच्छे बढ्दै गएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 265

प्रतिक्रिया (०)

सम्बन्धित खबर