Aamsanchar

आजको राशिफल-बि.स.२०७३ चैत्र ०६ गते । आईतबार । ईश्वी सन् २०१७ मार्च १९ तारिख ।

Author Image
आइतवार, चैत ६, २०७३
मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

दिनभर व्यस्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुँनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पतिपत्निको दाम्पत्य जीवनमा खटपट आउँनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

 

वृष राशि – Taurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोश जाँगर बढेर आउँनेछ । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यतित गर्दा खुखी भएको महशुस गर्नेछन् ।

 

मिथुन राशि – Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुनेछ । स्वास्थ्यले साथ दिनेहुँदा शाहसिलो काम गर्न सकिनेछ । व्यापार बिस्तार गरि प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । यात्राको क्रममा बिभिन्न स्वादिष्ट भोजनको स्वादमा रम्न सकिनेछ ।

 

कर्कट राशि – Cancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

व्यवसायमा भने जस्तो आम्दानी नहुँने हुँनाले दैनिक गुजारा चलाउँन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरीहरु भरसक लुकाउँने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । हतार गर्ने बानीले अनावश्यक विवादमा फस्ने योग रहेको छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुँनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दु:ख दिनेहरु सक्रिय हुँनेछन् ।

 

सिंह राशि – Leo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कृषि तथा पशुपालन व्यवसायबाट भनेजस्तो नाफा कमाउँन सकिनेछ भने जग्गा खरिद बिक्रीबाट आम्दानी गर्न सकिनेछ । आमा तथा साथिभाई ईष्टमित्रबाट टाढिएर लामो दुरीको यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ । बिद्यामा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । आफ्नो भन्दा अरुको काममा दिन बित्ने हुँदा साथीभाई खुशी रहनेछन् । सामाजिक काममा दिन बित्ने योग रहेको छ ।

कन्या राशि – Virgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
 प्रतिस्पर्धीको मनोबल गिराउँदै उपलब्धि हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थ्यमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउँदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउँन सकिनेछ ।

 

 

तुला राशि – Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सिर्जनात्मक काम गरेर आम्दानीका स्रोत बढाउँन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँनाले बोलेकै भरमा कामहरु बन्नेछन् । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्ठान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुशी रहनेछन् । तपाईबाट राम्रा काम हुँने हुँनाले परिवार तथा साथीभाईहरु खुशी हुँनेछन् । राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ ।

 

वृश्चिक राशि – Scorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ ध्यान दिनुहोला । कामहरु समयमा नबन्नाले मानशिक तनाब बढ्नेछ । आफ्नो ब्यक्तिगत कुराहरु अरुले थाहा पाई आलोचना गर्न सक्छन् ध्यान दिनुहोला । अध्ययनमा रुचि नँजादा अरुभन्दा पछि परिनेछ ।

 

धनु राशि – Sagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ । बिदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने भएपनि दैनिक कामकाजमा खासै फरक पर्ने छैन । अनावश्यक खर्च बढ्न सक्छ होश गर्नु जरुरी देखिन्छ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । अल्छि गर्ने बानीले कामहरु बिग्रन सक्छ ।

 

मकर राशि – Capricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउँन सकिनेछ । नौलो प्रकृतिको काम गरि आयस्रोतमा बृद्धि गर्न सकिनेछ । व्यवसायबाट मनग्गे फाईदा हुनेछ । घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउँनेछ । बिभिन्न किसिममा भौतिक लाभ हुनेछन भने सवारी साधन प्राप्तिको योग रहेको छ । अध्ययनमा मन जानेछ ।


कुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

फाईदा हुने कामको प्रस्ताव आउनेछ । रुपैया पैसा प्रशस्त कमाउँने योग रहेको छ । नयाँ काम पाउने तथा गरिरहेको काममा अरु राम्रो गरि हाकिमहरुलाई रिजाउँन सकिनेछ । व्यवसाय फस्टाएर गई आम्दानीमा बढोत्तरी हुनेछ । सांगितिक माहोलमा  साथिभाई तथा ईष्टमित्रसँग रम्न सकिने हुँदा दिन रमाईलो हुँनेछ ।

 

मीन राशि – Pisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

धर्म कर्ममा मन जानेछ । साथीभाई तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यवसायमा लगानी नगर्नुहोला आज गरिने व्यवसायबाट घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोडिदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्रा हुने अधिक सम्भावना रहेको छ ।-nepaliheadlines.com

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर