Aamsanchar

तपाईको दाँत दुख्छ ? यी पाँच चिज खानुहोस्

Author Image
आइतवार, चैत ६, २०७३

एजेन्सी ।

दाँतको सफाई नगर्दा र चिसो पानी पिउने वित्तिकै तातो पानी पिउने गर्दा दाँत दुख्ने गर्छ । यस्ता मानिसहरु डाक्टरकहाँ जानुको विकल्प देख्दैनन् । तर, यसबाट छुटकारा पाउने घरेलु उपायहरु पनि छन्ः

कागती

कागतीमा भिटामिन सी हुन्छ । जसले दुखाई कम गर्न मद त गर्छ । दुखाई भएको ठाउँमा कागतीको बोक्रा बोक्रा लगाउँदा पनि राहत मिल्छ ।

आलु

यदि दाँतको दुखाई संगसँगै सोही ठाउँमा सुन्निने समस्या छ भने आलुको छिल्कालाई त्यो ठाउँमा करिब १५ मिनेटसम्म राखेमा समस्या समाधान हुन्छ ।

लसुन

यदि प्रायः दाँतको समस्या हुनुहुन्छ भने लसुनको प्रयोगले पनि राहात मिल्छ । यसका लागि लसुनको एक कलीमा नुन लगाएर दैनिक विहान खाएमा फाइदा गर्छ ।

प्याज

दाँतको दुखाईबाट आराम पाउनका लागि प्याजको प्रयोग पनि निकै फायदाजनक हन्छ । डाक्टरले पनि प्रत्येक तीन मिनटमा प्याजको एक टुक्रा खाएमा पनि मुखमा भएका कीटाणु मर्छन् भने दुखाई पनि निको हुन्छ ।

ल्वाङ

ल्वाङको प्रयोगले दाँतको दुखाई तुरुत कम गर्छ । यसका लागि मुखमा एक ल्वाङ राख्न सकिन्छ । दुखाई भएको ठाउँमा ल्वाङको तेलले पनि मालिस गर्न सकिन्छ । दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर