Aamsanchar

आजको राशिफल-बि.स.२०७३ चैत ०७ गते । सोमबार । ईश्वी सन् २०१७ मार्च २० तारिख ।

Author Image
सोमवार, चैत ७, २०७३
मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अध्ययन तथा अध्यापनमा ध्यान जाने हुँनाले अरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथ पाईने हुँनाले काम गर्न जाँगर बढ्नेछ । धर्म कर्ममा ध्यान जानेछ भने धार्मिक अनुष्ठान तथा मन्दिरहरुको यात्रा हुनेछ । सानो प्रयत्नले कामहरु बन्ने हुँनाले मन खुशी हुनेछ । व्यवसायमा लगानी बढाएर भनेजस्तो नाफा कमाउँन सकिनेछ ।

 

वृष राशि – Taurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

कामहरु समयमा नसकिने तथा अरुबाट बाधा ब्यबधान हुँने हुँनाले मानशिक तनाब बढ्नेछ । यात्रा गर्दा तथा सवारी चलाउँदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । मनोबल कमजोर हुँने हुँनाले काम गर्न जोश जाँर हराएर जानेछ । पढाई लेखाई तपाई आफ्नै कारणले  बिग्रनेहुँदा अरुभन्दा पछि परिनेछ । प्रेम प्रसंगबाट टाढै रहनुहोला प्रिय पात्रसँग मनमुटाव सिर्जना हुँनेछ ।

 

मिथुन राशि – Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आउँने अबसरहरुलाई उपयोग गरि मनग्ने आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति हुँने हुँनाले आफन्त तथा गुरुहरु प्रसन्न हुँनेछन् । सवारी साधन तथा धन सम्पति हात लाग्ने योग रहेको छ । व्यापारमा प्रसस्त नाफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा बिश्वासको वातावरण अझ बढेर जाने हुँनाले घर परिवारमा खुसियाली छाउँनेछ । व्यापार गर्ने शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।

 

कर्कट राशि – Cancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

स्वास्थ्यमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । प्रतिस्पर्धीको मनोबल गिराउँदै उपलब्धि हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउँदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउँन सकिनेछ ।

 

सिंह राशि – Leo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आफन्त तथा सन्तानले प्रगति गरि तपाईलाई सम्झिनेछन् । पढाई लेखाई अरु दिन भन्दा सुध्रिएर जानेछ । सवारी साधन तथा भौतिक सम्पति लाभ हुँने योग रहेको छ । ब्यपारिक माहोलमा दिन बित्ने तथा व्यवसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । मिठा मिठा परिकारका साथ रमाउँन सकिने तर  खानपानमा ध्यान नदिदा सामान्य स्वास्थ्य सम्बन्धि समस्या देखा पर्न सक्छ ।

कन्या राशि – Virgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आत्मिय साथी तथा आफन्तसँग मनमुटाब बढ्नेछ । आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । व्यापार व्यवसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । प्रतिस्पर्धीहरुले काममा अवरोध पु-याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । सामान्य छाति सम्बन्धि समस्या आउन सक्छ ख्याल गर्नुहोला ।

 

 

तुला राशि – Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जाँगर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकीहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो, रमाईलो तथा उपलब्धिमुलक यात्रा हुँने अधिक सम्भावना रहेको छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

 

वृश्चिक राशि – Scorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पछि सम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । थोरै बोलेर प्रशस्त आम्दानी गर्न सकिनेछ । परिवारका साथ रहेर मिष्ठान्न भोजन गर्ने अवसर मिल्नेछ । कुटुम्ब तथा आफन्तहरुले तपाईको काममा सहयोग गर्नेछन् । माया प्रेमको गाँठो कसिलो भएर जानेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ ।

 

धनु राशि – Sagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ । दुख सुखमा साथ दिनेहरु प्रशस्त भेटिनेछन् । क्षमता प्रदर्शन गरेर नाम तथा दाम दुबै कमाउँन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ । परिवारका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

 

मकर राशि – Capricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

लामो दुरीको बिदेश यात्राको तय हुँनेछ । बिदेशी सामानको व्यापार व्यवसाय बढेर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । पढाई लेखाईमा अलि बढिनै समय दिनुपर्नेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने पति पत्नि बिच बिश्वास बढेर जानेछ । साथिभाई तथा आफन्तहरुको भेटघाटले नयाँ काम गर्न नयाँ वातावरण बन्नेछ ।


कुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

सवारी साधन तथा अन्य भौतिक सम्पतिहरु लाभ हुनेछ । पढाई लेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । सरकारी धन तथा पैत्रिक धन सम्पति हात लागि हुने सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी गरि आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ ।

 

मीन राशि – Pisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

काम गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । नयाँ काम पाउँने तथा बढुवा हुने योग रहेको छ । सत्रुलाई परास्त गर्दै अगाडि बढि गन्तब्यमा पुग्न सकिनेछ । भुमि तथा पैत्रिक सम्पति लाभ हुँने योग रहेको छ । गीत संगितमा ध्यान जाने तथा पढाई लेखाईमा सुभार भएर जानेछ । माया प्रेममा मन पराएको मानिस आफ्नै समिपमा रहनाले मन खुशी हुनेछ ।-nepaliheadlines.com

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर