Aamsanchar

कपालको जुरो बनाउनु हुन्छ ? यस्ता समस्या देखिन्छन्

Author Image
सोमवार, चैत १४, २०७३

एजेन्सी ।

लामो कपाल समाल्नका लागि कतिपय महिलाहरुले जुरो बनाउने गर्छन् । गर्भीको समयमा केही छोटा कपाल भएका महिलाहरुले पनि जुरो बनाउँछन् । जसले गर्दा कपाल रफ हुँदैन र झन्जट पनि हुँदैन ।

कुनै समारोहमा जाँदा पनि जुरा बनाएर जाने परिपाटी छ । जसले सुन्दरता ल्याउँछ । तर, धेरै सम यसम्म जुरो बनाइराखेमा कपालमा धेरै समस्या देखिन्छ ।

– कपाल टुट्ने

अहिले कपालको जुरा बनाउने चलन छ । धरैजसो स्कुल, कलेज पढ्ने छात्राहरुले जुरो बनाउने गर्छन् । तर, सँधै र धेरै लामोसम्म जुरो बनाइराखेमा कपाल टुट्ने समस्या हुन्छ ।

– छिटो फोहोर हुने

लामो समयसम्म जुरा बनाइराखेमा टाउँकोको छालामा हावा पस्न पाँदैन । जसले गर्दा कपाल तेलयुक्त जस्तै हुन्छ । जसले गर्दा दिनदिनै कपाल धुनुपर्ने हुन्छ ।

– जरा कमजोर हुन्छ

जुरा बनाएमा कपालको वजन पछाडितिर बढ्छ । जसले कपालको जरा कमजोर हुन्छ । जसले गर्दा कपाल टूट्ने, खस्ने समस्या उत्पन्न हुन्छ ।

– नराम्रो गन्ध

सँधै जुरा बनाइराखेमा टाउको छाला र जरामा आएको पसिना सुक्न पाउँदैन । जसले गर्दा नराम्रो गन्ध आउँछ । यसका साथै कपालको चमक पनि कम हुँदै जान्छ । दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)