Aamsanchar

धनकुटामा असिनापानीले बालीनालीमा ठूलो क्षति

Author Image
मङ्गलवार, चैत १५, २०७३

धनकुटा ।

दुई साता यता पटकपटक परेको असिनापानीले धनकुटामा बालीनालीमा ठूलो क्षति भएको छ ।

असिनापानीले तरकारी तथा फलफूलमा ८० प्रतिशतसम्म क्षति पुगेको किसानहरुले बताएका छन् ।

असिनाका कारण धनकुटाको हिले, सिदुवा, भेडेटारलगायतका क्षेत्रमा लगाइएको साग, मटरकोसा, काउली, खुर्सानीलगायतका तरकारी नष्ट भएको छ ।

त्यस्तै सुन्तला, जुनार, आँप, लिचीलगायतका फलफूलमा समेत असर पुगेको जिल्ला कृषि विकास कार्यालय धनकुटाले जनाएको छ ।

कतिपय ठाउँमा ८० प्रशितसम्म तरकारी तथा फलफूलमा क्षति पुगेको कृषि विकास कार्यालय धनकुटाका कृषि प्राबिधिक सूर्यप्रसाद सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 286

प्रतिक्रिया (०)