Aamsanchar

बि.स.२०७३ चैत्र १८ गते । शुक्रबार । ईश्वी सन् २०१७ मार्च ३१ तारिख ।

Author Image
शुक्रवार, चैत १८, २०७३
मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

तपाईको चुम्बकिय ब्यक्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् । पढाई लेखाईमा प्रगति भएर जानेछ । कामहरु समयमा नै सम्पन्न हुने हुँनाले थप काम गर्न जोस जागर बढेर आउँनेछ । साँझपख स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर आएपनि स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

 

वृष राशि – Taurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशी सामानको व्यापार फस्टाएर जानेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा अलि बढि समय दिनुपर्नेछ । कामगर्दा ख्याल गर्नु जरुरी देखिन्छ समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ ।

 

मिथुन राशि – Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ । बिभिन्न अवसरहरुले पछ्याउँने हुँदा राम्रा परिणाममुखि काम गर्न सकिनेछ । साँझपख लामो दुरीको यात्रा हुँने अधिक सम्भावना रहेकोछ भने शरिरमा अल्छिपना तथा आलश्यता बढेर जानेछ ।

 

कर्कट राशि – Cancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

व्यापार व्यवसाय फस्टाएर जानेछ । नयाँ काम पाउँने तथा नोकरीमा पदोन्नति हुँने समय रहेको छ । साथिभाई सँग रमाईलो भेटघाट हुने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा अन्य दिन भन्दा सुधार भएर जानेछ । राजनीति कर्मिहरुका लागि आजको दिन उत्तम रहेको छ । साँझपख आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला ।

 

सिंह राशि – Leo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । व्यवसायमा समय दिएपनि आम्दानी गर्न मुस्किल पर्नेछ । साथिभाई तथा आफन्तबाट बिश्वासघात तथा धोका हुनेछ भने स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला । मध्यान्हपछि घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउँनेछ । व्यवसाय फस्टाएर जानेछ भने बिभिन्न किसिममा भौतिक सम्पति लाभ हुनेछ ।

कन्या राशि – Virgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्रतिस्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसी कुरामा विवाद सिर्जना हुँनेछ । सहयोग गर्ने भन्दा आश्वासन बाँढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला ।

 

तुला राशि – Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

पारिवारिक यात्रा हुँने अधिक सम्भावना रहेको छ भने यात्राका क्रममा बिभिन्न मनमोहक दृष्यहरु मन मुटुमा कैद गर्न सकिनेछ । एकल तथा साझेदारी व्यवसाय फस्टाएर जानेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ । आन्तरिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । साँझपखको समय राम्रो नभएकोले ऋण, रोग तथा संकटको सामना गर्नुपर्ने तथा स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

 

वृश्चिक राशि – Scorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै आफ्नो पक्षमा नतिजा ल्याउँन सकिनेछ । सत्रु परास्त हुँने तथा न्यायिक निकायबाट हुँने निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । माया प्रेमको बन्धन कसिलो हुनुको साथै परिवारका अन्य सँगको सम्बन्धपनि मजबुत हुँनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको समर्थन पाउँनेछन् । बेलुकीपख रमाईलो यात्राको अधिक सम्भावना रहेकोछ ।

 

धनु राशि – Sagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नु हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाँठो फुस्कन सक्छ । सन्तान तथा छोराछोरीसँग पनि मनमुटाब बढ्नेछ । मध्यान्हपछिको समय राम्रो रहेकोले न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछ भने व्यवसाय फस्टाएर जानेछ ।

 

मकर राशि – Capricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आत्मिय साथि तथा आफन्तसँग मनमुटाब बढ्नेछ । आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । व्यापार व्यवसायमा प्रशस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । प्रतिस्पर्धीहरुले काममा अवरोध पु-याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । सामान्य पेट सम्बन्धि समस्या आउन सक्छ ख्याल गर्नुहोला ।


कुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जाँगर आउँनेछ । दाजुभाई तथा छिमेकीहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । बेलुकीपख आमा तथा आमासरहका मानिस सँग टाढिने तथा मनमुटाव हुँने योग रहेको छ ।

 

मीन राशि – Pisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

व्यवसायमा लगानी गरेपनि आम्दानी थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । माया प्रेममा धोका हुन हुनेछ भने परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछ । साँझपख छोटो तथा रमाईलो यात्रा हुँनेछ भने दाजुभाई तथा छिमेकीहरुले तपाईबाट चालिने हरेक कदममा सहयोग हुँनेछ ।

nepaliheadlines.com

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर