Aamsanchar

आजको राशिफल-बि.स.२०७३ चैत १९ गते । शनिबार । ईश्वी सन् २०१७ अप्रिल ०१ तारिख ।

Author Image
शनिवार, चैत १९, २०७३
मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

घर परिवारमा सुख समृद्धि बढ्नेछ भने समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउँन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउँन सकिनेछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ ।

 

वृष राशि – Taurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हाबी हुँने हुँनाले फाईदा तथा आम्दानी हुँने सम्भावना टर्न सक्छ ध्यान दिनुहोला । व्यवसायमा भने जस्तो आम्दानी नहुँने हुँनाले दैनिक गुजारा चलाउँन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरीहरु भरसक लुकाउँने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । हतार गर्ने बानीले अनावश्यक विवादमा फस्ने योग रहेको छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुँनेछ ।

 

मिथुन राशि – Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

लामो दुरीको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने भएपनि दैनिक कामकाजमा खासै फरक पर्ने छैन । अनावश्यक खर्च बढ्न सक्छ होश गर्नु जरुरी देखिन्छ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । अल्छी गर्ने बानीले कामहरु बिग्रन सक्छ ।

 

कर्कट राशि – Cancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

समय र परिस्थितिको राम्रोसँग अध्ययन नगरि व्यवसायमा लगानी गर्दा घाटा लाग्न सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । प्रेम प्रसंगमा सामान्य खटपट हुने तथा परिवार तथा आफन्त सँग राय बाझिनेछ ।

 

सिंह राशि – Leo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ । बिभिन्न अवसरहरुले पछ्याउँने हुँदा राम्रा परिणाममुखि नतिजा निकाल्न सकिनेछ । सरकारी सम्पति तथा पैत्रिक सम्पति हात लागि हुँने प्रशस्त सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी गरि आम्दानीका स्रोत बढाउँन सकिनेछ ।

 कन्या राशि – Virgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायमा लगानी गरि भनेजस्तो नाँफा कमाउँन सकिनेछ । धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा तपाईकै बर्चस्व रहनेछ । माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिचको सम्बन्ध सुदृड हुँनेछ ।

 

तुला राशि – Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

घर परिवार तथा आफन्तबिच घरायसी कुरामा विवाद निम्तिनेछ भने कुनै योजना भए थाति राख्नुहोला तपाईको योजना बिफल हुन सक्छ । पुराना लेनदेनका समस्याहरु बल्झन सक्छ ध्यान दिनुहोला । चिताएको काममा बाधा हुने तथा सोचेजस्तो नहुनाले दैनिक काम गर्न गाह्रो महशुस हुनेछ । आफ्नै कारणले पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ ।

 

वृश्चिक राशि – Scorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बिद्या तथा प्रतिस्पर्धामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ । समयमा काम नबन्ने तथा बनेको काम बिग्रने हुँदा मनमा निरासा पैदा हुँनेछ । व्यवसायमा लगानी गरेपनि आम्दानी थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुँनेछ । माया प्रेममा धोका हुँनेछ भने परिवारमा झै झगडा हुँने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ ख्याल गर्नुहोला ।

 

धनु राशि – Sagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत: ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुँनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछ भने पढाई लेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँनेछ ।

 

मकर राशि – Capricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

सबैको सहयोग पाईने हुँनाले काम गर्न जोश जाँगर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तिको योग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रका साथ रमाईलो यात्रा हुँनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ । विद्यार्थीहरुले मेहनेत गरि राम्रो नतिजा हात पार्न सक्नेछन् ।

कुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आफ्नो भन्दा पनि सामाजिक काममा समय बित्नेछ । समाजसेवामा दिन बित्नेछ भने अरुको काम गरि प्रशन्न हुँने समय रहेको छ । अरुकै काममा समय खर्चिदा आफ्नो काम थाति रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुँनेछ ।

 

मीन राशि – Pisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

दाजुभाई तथा अन्य ईष्टमित्रबाट सहायोग हुने हुँदा मन खुशी रहनेछ । छोटो दुरिको यात्रा तय हुँनेछ । उद्योग तथा व्यावसायमा लगानि बढाई भनेजस्तो नाँफा कमाउँन सकिनेछ । पराक्रम बढेर जानेछ । माया प्रेमको गाँठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसियाली छाउँनेछ । बनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।

nepaliheadlines.com

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर