Aamsanchar

आजको राशिफल-बि.स.२०७३ चैत २७ गते, आईतबार । ईश्वी सन् २०१७ अप्रिल ०९ तारिख ।

Author Image
आइतवार, चैत २७, २०७३
मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । शत्रुहरुलाई परास्त गर्दै कामहरु बनाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । पुरानो रोग तथा समस्याहरु स्वत: ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुँनेछ ।

 

वृष राशि – Taurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

पढाई लेखाई अन्य दिन भन्दा सुधार हुँने हुँनाले आफन्त हरु खुशी हुँनेछन् । सन्तानको प्रगति देखेर मन रमाउँनेछ । नयाँ योजनाहरुलाई कार्यान्वयनको चरणमा लान सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुँने योग रहेको छ । आफुले मन पराएको मानिसबाट उपहार प्राप्त हुँने हुँनाले मन प्रशन्न रहनेछ । व्यापारबाट सोचेजस्तो आम्दानी गर्न सकिनेछ ।

 

मिथुन राशि – Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

राजनीति तथा समाजसेवामा जनताको मन जित्न निकै नै मेहनेत गर्नुपर्नेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । आमा वा आमा सरहका मानिसको सल्लाह तथा उपदेशलाई स्वीकार गरि अगाडि बढ्दा गन्तब्य पहिल्याउन सहज हुँनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा कमजोर भईएला । आफ्नो भन्दापनि समाजको काममा समय ब्यतित हुँदा आफ्नो काम थाति रहनेछ ।

 

कर्कट राशि – Cancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दाजुभाई तथा अन्य ईष्टमित्रबाट सहयोग हुने हुँदा मन खुशी रहनेछ । छोटो दुरिको यात्रा तय हुनेछ । उद्योग तथा व्यवसायमा लगानी बढाई भनेजस्तो नाफा कमाउँन सकिनेछ । पराक्रम बढेर जानेछ । माया प्रेमको गाँठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसियाली छाउँनेछ । बनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।

 

सिंह राशि – Leo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुँनेछन् । कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउँनेछ । आय आर्जनमा बृद्धि हुनेछ भने कुटुम्ब तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाईने हुँदा काम गर्न सहज हुँनेछ । पढाई लेखाईमा सुधार आई नतिजा आफ्नै पोल्टोमा पर्नेछ । ब्पापार व्यवसायमा बृद्धि भई आम्दानीमा बढोत्तरी हुँनेछ ।

कन्या राशि – Virgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कामहरु समयमा नै सम्पन्न हुँने हुँनाले थप काम गर्न जोश जाँगर बढेर आउँनेछ । सहयोगिहरुबाट आर्थिक लाभ हुँनेछ भने उपहार प्राप्तिको योग रहेको छ । तपाईको चुम्बकिय ब्यक्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुँनेछन् । पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुँनेछ ।

 

तुला राशि – Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने बिदेशी सामानको व्यापार फस्टाएर जानेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा अलि बढि समय दिनुपर्नेछ ।

 

वृश्चिक राशि – Scorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यवसायबाट मनग्गे फाईदा हुँनेछ भने घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउँनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउँन सकिनेछ । नौलो प्रकृतिको काम गरि आयस्रोतमा बृद्धि गर्न सकिनेछ । बिभिन्न किसिममा भौतिक लाभ हुँनेछ भने सवारी साधन प्राप्तिको योग रहेको छ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउँदै अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ ।

 

धनु राशि – Sagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने नोकरीमा पदोन्नति हुँनेछ । प्रसस्त रुपैया पैसा कमाउँने योग रहेको छ । सत्रु परास्त हुने छन भने बिद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम आउँनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउँन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियाली छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

 

मकर राशि – Capricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति हुँने योग रहेको छ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेको छ ।


कुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

दिनभर व्यस्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुँनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा खटपट आउँनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

 

मीन राशि – Pisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोश जाँगर बढेर आउँनेछ । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यतित गर्दा खुशी भएको महशुस गर्नेछन् ।-nepaliheadlines.com

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर