Aamsanchar

मन्त्री चौधरीद्वारा नर्सरीको अनुगमन

Author Image
बिहिवार, चैत ३१, २०७३

काठमाडौँ।

कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका नर्सरीमा अनुगमन गर्नुभएको छ ।

फ्लोरिकल्चर एसोसियसन नेपालका पदाधिकारीसँग आज मन्त्री चौधरीले बालुवाटारमा रहेको बागमती फ्लोरा, थलीस्थित एभरेस्ट फ्लोरिकल्चर र जोरपाटीस्थित ओम नर्सरीको अनुगमन तथा अवलोकन गर्नुभएको हो ।

सोही अवसरमा मन्त्री चौधरीले सरकारले पुष्प व्यवसाय क्षेत्रमा गरेको लगानीको खास गरी निजी क्षेत्रले उचित सदुपयोग गरेको भन्दै प्रशंसा गर्नुभयो । मन्त्री चौधरीले नर्सरी क्षेत्रलाई आगामी दिनमा अझै प्रवद्र्धन गर्न सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अनुगमनकै क्रममा फ्लोरिकल्चर एसोसियसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले सरकारले आधुनिक पूर्वाधारमा लगानी नगरेसम्म नेपाल फूलमा आत्मनिर्भर हुन नसकिने जिकिर गर्नुभयो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर