Aamsanchar

झापामा ‘माछा ब्लक’ कार्यक्रम सुरु

Author Image
आइतवार, वैशाख ३, २०७४

झापा ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत एक नगरपालिका र एक गाउँपालिकामा ‘माछा ब्लक’ कार्यक्रम सुरु गरिएको छ ।

परियोजना अन्तर्गत गौरादह नगरपालिका र कचनकवल गाउँपालिकाको ६० हेक्टर जमिनमा माछा ब्लक कार्यक्रम सुरु गरिएको जिल्ला कृषि कार्यालयका सहायक प्राविधिक प्रदीप श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ब्लक कार्यक्रमलाई विस्तार गरी माछा जोनका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । यसका लागि पाँच सय हेक्टर जमिनमा माछापालन गर्नुपर्ने हुन्छ । माछा ब्लक क्षेत्रमा पोखरी खन्नका लागि प्रतिहेक्टर रू तीन लाख १४ हजार रुपैयाँ बजेट आएको सहायक प्राविधिक श्रेष्ठले बताउनुभयो ।

हाल झापामा माछाको उत्पादकत्व तीन दशमलव पाँच प्रतिशत रहेकामा यसलाई वृद्धि गरी चार बनाउने लक्ष्य छ । झापामा अहिले वार्षिक करिब एक हजार मेट्रिक टन माछा उत्पादन हुँदैआएको छ ।

यसैबीच, कार्यालयले जिल्लाभरका ४५ जना किसानलाई नयाँ पोखरी निर्माणका लागि रू ४५ लाख अनुदान उपलब्ध गराएको छ । पन्ध्र हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माणका लागि किसानलाई रकम उपलब्ध गराइएको प्राविधिक सहायक श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर