Aamsanchar

ग्रामीण किसानलाई प्रोत्साहन गर्न कार्यक्रम

Author Image
आइतवार, वैशाख १०, २०७४

झापा।

ग्रामीण क्षेत्रका किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले ‘हुलाकी राजमार्ग लक्षित एकीकृत दूध उत्पादन प्रवद्र्धन कार्यक्रम’ सञ्चालनमा आएको छ ।

हुलाकी राजमार्गअन्तर्गत जिल्लाका राजगढ, शरणामती, पाँचगाछी, महाभारा–बैगुनधुरा र खजुरगाछी–गौरीगन्जका किसानलाई लक्ष्य गरी उक्त कार्यक्रम सञ्चालन ल्याइएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

कार्यक्रमअन्तर्गत सो क्षेत्रका किसानलाई सङ्गठित गरी अनुदान, पशुपालन तालिम र निःशुल्क घाँसको बीउ उपलब्ध गराइएको कार्यालयका सूचना अधिकृत कुमारसिंह खत्रीले.जानकारी दिनुभयो । उहाँका अनुसार एक एक सय जनाको पाँच समूह गठन गरी प्रतिसमूह रू १० लाख गरी रू ५० लाख अनुदानस्वरुप उपलब्ध गराइएको छ ।

कार्यक्रम सुरु भएसँगै पाँचगाछीबाट दैनिक सात सय लि, महाभाराबाट एक सय ५० लि र राजगढबाट पाँच सय लि दूध उत्पादन भई सङ्कलन भइरहेको कार्यालयले जनाएको छ । सो क्षेत्रबाट दैनिक चार हजारदेखि पाँच हजार लि दूध उत्पादन गरी झापालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ ।
त्यस्तै खजुरगाछीमा दुई हजार लि क्षमता भएको चिस्यान केन्द्र स्थापनाका लागि किसानको मागबमोजिम रू चार लाख अनुदानसमेत केन्द्रबाट पारित भइसकेको खत्रीले जानकारी दिनुभयो ।

यस क्षेत्रबाट उत्पादित दूध खरिद गर्न दुई दुग्ध उद्योगसँग सम्झौतासमेत भइसकेको छ । एनएमसी डेरी र ऋतिका डेरीलाई दूध खरिद तथा ढुवानीका लागि प्रतिलि रू दुई दिने सहमति भएको खत्रीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर