Aamsanchar

झापामा कृषि वन विकास कार्यक्रम सुरु

Author Image
सोमवार, वैशाख १८, २०७४

झापा ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा कृषि वन विकास कार्यक्रम सुरु भएको छ ।  कृषि बाली र वनलाई सँगसँगै अघि बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको हो । झापाको धान सुपरजोन (बनियानी, बालुबाडी, पथरिया, केचना, पाठामारी तथा पृथ्वीनगर) र अन्य दशवटा पकेट क्षेत्र कृषि वनका लागि छनोट भएका छन् ।

पकेट क्षेत्रमा आबद्ध कृषि सहकारी र समूहका कृषकलाई विभिन्न बालीसँगै वनको विकास गराउन कार्यक्रम लक्षित रहेको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिनुभयो ।

कृषि बालीलाई नोक्सान नगर्ने गरी कृषि बालीको बीच–बीचमा बोटबिरुवा लगाउने उद्देश्यले सो कार्यक्रम लागू भएको हो । वन कार्यालयले कृषकलाई अगर, रुद्राक्ष, रबर, केरा, कटहर, लिची, आँपलगायतका बिरुवा निःशुल्क उपलब्ध गराउने सहायक वन अधिकृत उप्रेतीले बताउनुभयो । कृषि वनका लागि चालू आव २०७३÷७४ का लागि रु ८७ लाख केन्द्रबाट प्राप्त भएको छ ।

सो कार्यक्रमअन्तर्गत वन कार्यालय, भू–संरक्षण, जिल्ला सिँचाइलगायतका कार्यालयले आ–आफ्ना कार्यक्रम लागू गर्नेछन् । खाली भएको जमिनमा रुखका बिरुवा लगाउने, वन लगाएको स्थानमा भएको खाली जमिनमा वा रुखका बिरुवा नहुर्किउन्जेल बीच–बीचमा कृषि बाली लगाउन कृषकलाई प्रोत्साहित गर्ने, उनीहरुलाई तालिम र बिरुवा उपलब्ध गराउने कार्यक्रम छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर