Aamsanchar

‘पैसाको मुख हेर्न’ तरकारी खेती

Author Image
बुधवार, वैशाख २०, २०७४

फिदिम । 

फिदिम नगरपालिका क्षेत्रका किसानलाई तपाइँको बारीमा के छ भनेर प्रश्न ग¥यो भने ‘बजार’ लगाएको छ भनेर उत्तर दिने गरेका छन् ।  बारीमै पुगेर हेर्ने हो भने रमितै लाग्ने गरी बजार लगाएको पनि देखिन्छ ।

बारीमा लगाएको तरकारी तथा मसला खेतीले प्रत्यक्ष रूपमा बजारसँग सम्बन्ध राख्ने भएपछि त्यसलाई किसानले बजार भन्ने गरेका हुन् ।  थोरै जग्गाबाट व्यावसायिक रूपमा अधिकतम आम्दानी लिन सकिने थाहा पाएपछि किसान बारीमा बजार लगाउन उत्साहित बनेका हुन् ।  यहाँका किसानले अन्य क्षेत्रका किसानलाई समेत बारीमा बजार लगाए अरु बालीभन्दा धेरै आम्दानी हुने सल्लाह दिन्छन् ।

किसानले रायो, काउली, ब्रोकाउली, मटर, टमाटर, धनियाँ, प्याज, लसुन, मुला, गाँजर, आलु, सिमीलगायत मसला तथा तरकारी लगाउने गरेका छन् ।  दङ्गाल गाउँ, साम्दिन, ठाडे, डुम्ब्रीबोटे, तालखर्क, मजिटे, लालीखर्क, दुमा, मालवासे, नाम्दुलगायतका दर्जनौँ गाउँमा किसानले बारीमा मौसमी÷बेमौसमी बजार लगाउने गरेका हुन् ।  यसबाट परम्परादेखि उत्पादन गर्दै आएको मकै कोदो लगायतका बालीभन्दा धेरै फाइदा हुने किसान बताउँछन् ।  २०७२ मा राष्ट्रपति पुरस्कार समेत पाउनुभएका साम्दिनका चुँडामणि काफ्लेले वार्षिक दस लाख रुपियाँसम्म तरकारीबाट आम्दानी गरिरहनुभएको छ ।  दुमाकी किसान नरमाया गुरगाईँले तरकारीबाट वार्षिक दुई लाख रुपियाँसम्म आम्दानी गर्ने गरेको सुनाउनुभयो ।
यस क्षेत्रका किसान तरकारी खेती गरेपछि ‘पैसाको अनुहार देख्न पाइएन’ भन्ने दिन जाने बताउँछन् ।  तरकारी खेती थालेदेखि दैनिकजसो पैसा थाप्न पाउँदा छुट्टै आनन्द हुने गरेको डुम्ब्रीबोटेका भवानी काफ्लेले सुनाउनुभयो ।  राम्रो आम्दानी हुने देखेपछि कतिपय किसानले महँगोमा जग्गा भाडामा लिएर पनि तरकारी खेती गरिरहेको पाइएको छ ।  उत्पादित तरकारी किसानले फिदिम बजार लगेर बेच्ने गरेका छन् ।

कतिपय ग्राहक तथा व्यापारीले किसानको बारीमै पुगेर सागसब्जी किन्ने गरेका छन् ।  कहिलेकँही ग्राहक तथा व्यापारीको घुइँचो लाग्दा हरियालीयुक्त आफ्नो बारीको सानै छुट्टै हुने गरेको किसान सुनाउँछन् ।   आफ्नो बारीमा सागसब्जी लगाए मात्रै फिदिमको साप्ताहिक तरकारी बजार समेत लाग्ने नभए बजार नै नलाग्ने यहाँका किसान दाबी गर्छन् ।  त्यसैले आफ्नो बारीलाई गौरवका साथ बजारका रूपमा अथ्र्याउने गरेको किसान बताउँछन् ।-गोरखापत्रदैनिकबाट
किसानलाई ऋण दिएर तरकारी खेतीमा प्रोत्साहित गरिरहेको फिदिमको हातेमालो कृषि सहकारी संस्थाका ऋण सहायक हेमन्त अधिकारीले बताउनुभयो ।  यस क्षेत्रका सामान्य आर्थिक अवस्थाका धेरै किसान तरकारी बेचेरै घर जग्गा जोड्न सक्ने लखपति बनेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर