Aamsanchar

किरा लागेपछि किसान चिन्तित

Author Image
शनिवार, वैशाख २३, २०७४

बाजुरा ।

तरकारी र आलुखेतीमा किरा लागेपछि किसान चिन्तित बनेका छन् । बारीमा लगाएको आलु, काउलीलगायतमा रोगकिरा लागेर तरकारी कुहिन थालेपछि किसान चिन्तित बनेका हुन् । सदरमुकाम मार्तडी नजिक भएका कारण आलु लगाए पनि किराले सखाप पारेको गडखेतका पारु रावलले बताउनुभयो । उहाँले गहुँखेती छाडेर आलुखेती गर्नुभएको हो ।

गडखेतकै बिन्दा कठायतलगायत १८ परिवारले लगाएको तरकारीमा किरा लागेर सखाप पारेको छ । उनीहरुले जिल्ला कृषि विकास कार्यालयमै गएर रोग लागेको बारेमा जानकारी गराउँदा पनि त्यसको सुनवाइ नभएको किसानको गुनासो छ ।

“समस्या बुझ्ने कोही छैनन्, अब कहाँ गएर गुनासो गर्नु ?,” कठायतले भन्नुभयो । किसानले लगाएको प्याज, धनिया र लसुनबाहेक सबै जसो तरकारीमा रोगकिरा लागेको स्थानीय जङ्ग रावलले बताउनुभयो । बडिमालिका नगरपालिका– ८ गडखेतका स्थानीयवासीले तरकारी खेतीबाटै जीवन निर्वाह गर्दैआएका छन् ।

जिल्ला कृषि विकास कार्यालका वरिष्ठ कृषि विकास अधिकृत डा रामकृष्ण श्रेष्ठले किसानलाई ‘एकीकृत शत्रुविज’ व्यवस्थापन विधि सिकाएकाले धेरैजसो समस्या समाधान आफै गर्नसक्ने बताउनुभयो । गाईवस्तुको पिसाब सङ्कलन गरी विविन्न वनस्पतिसँग कुहाएर बारीमा छर्केपछि धेरै रोग हट्ने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर