Aamsanchar

मकै छर्ने चटारो

Author Image
सोमवार, जेठ १, २०७४

बैतडी ।

स्थानीय तहको निर्वाचन जेठ ३१ मा हुने भएपछि यहाँका कृषकलाई मकै छर्न चटारो परेको छ ।

जिल्लाको मध्यक्षेत्रमा पर्ने दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा मकै छर्न चटारो भएको स्थानीयवासी हेमराज गिरीले बताउनुभयो । वैशाख अन्तिम सातादेखि जेठ अन्तिम सातासम्म मकै छरिसक्नुपर्ने हुन्छ ।

मकै जिल्लाको मुख्य बर्र्खे खाद्य बाली हो । मकै छर्दा खेतलाई राम्रोसँग खनजोत गरेर छर्नुपर्ने जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत कर्णबहादुर चन्द बताउनुहुन्छ । “यस जिल्लाको हकमा जेठ पहिलो सातादेखि दोस्रो सातासम्म मकै छर्नु उपयुक्त मानिन्छ,” उहाँले भन्नुभयो ।

स्थानीय जातभन्दा उन्नत जातको बीउ लगाउँदा मकै बढी फल्ने चन्दको भनाइ छ । जिल्ला कृषि विकास कार्यालयले यसअघि नै किसानलाई ७५ प्रतिशत अनुदानमा उन्नत जातको मकैको बीउ वितरण गरिसकेको छ । जिल्लामा १४ हजार ५०० हेक्टर क्षेत्रफलमा मकैखेती गरिँदै आएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर