Aamsanchar

महादेव मूर्तिको निर्माण कार्य सुरु

Author Image
सोमवार, जेठ ८, २०७४

पोखरा।

कास्कीको धार्मिक पर्यटकीयस्थल पुम्दीकोटमा १०८ फिटको महादेव मूर्तिको निर्माण कार्य सुरु भएको छ ।  पशुपतिनाथ मन्दिरका मूल पुजारी हिलियना गणेश भट्टले आज निर्माण कार्यको थालनी गर्दै माछापुच्छ«ेको काखमा अवस्थित धार्मिक एवम् ऐतिहासिकस्थल पुम्दीकोटमा हुन लागेको विशाल महादेव मूर्ति निर्माण कार्यको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्तिलगायत संरचनाले यो स्थानलाई धार्मिक पर्यटनको विशिष्ट गन्तव्य बनाउने बताउनुभयो ।

पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण एवम् पर्यटन प्रवद्र्धन उपभोक्ता समितिका संयोजक चन्द्रकान्त बरालले करिब रु ४२ करोडको लागतमा महादेव मूर्ति, उद्यानलगायतका विभिन्न संरचना निर्माण गर्ने बृहत्तर उद्देश्यका साथ यो कार्य थालनी गरिएको बताउनुभयो ।

पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले पोखराको पर्यटकीय विकासमा पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्ति थप आकर्षण बन्ने बताउनुभयो ।

समितिका उपाध्यक्ष मातृका बरालले माछापुच्छ«े अन्नपूर्णलगायतका हिम शृङ्खलाका साथै पोखरा उपत्यका, फेवाताललगायतको मनोरम दृश्य एक साथ अवलोकन गर्न सकिने यो स्थलमा विशाल महादेव मूर्तिलगायत संरचना निर्माणसँगै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने विश्वास लिइएको बताउनुभयो ।

समितिका महासचिव प्रकाश बरालले मूर्ति निर्माणका लागि गत फागुन ३ गतेदेखि १३ गतेसम्म लगाएको महायज्ञमा प्राप्त आर्थिक सहयोगले पनि निर्माण कार्यमा उर्जा थपेको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर