Aamsanchar

मोदीको हत्या गर्न विदेशबाट करोडौंको अफर आएपछि दिल्लीमा हंगामा, ५० करोडको इनाम

Author Image
सोमवार, जेठ ८, २०७४

काठमाडौं।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्नका लागि अज्ञात नम्बरबाट फोन आएपछि दिल्लीमा खैलाबैला भएको छ ।

मध्य प्रदेशको सतना जिल्लाका एक व्यक्तिलाई अज्ञात नम्बरबाट आएको फोनमा मोदीलाई बमले उडाए ५० करोड रुपैयाँ दिने अफर समेत गरिएको छ । देशकै प्रधानमन्त्रीलाई बमले उडाउने फोन आएपछि सुरक्षा निकायमा खैलाबैला भएको हो । प्रहरीले यो घटनालाई गम्भीरताका साथ लिदै साइबर सेलबाट सुक्ष्म ढंगबाट जाँच गरिरहेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सतना जिल्लाको रामनगर निवासी कुशल सोनीलाई ८ नम्बर भएको फोनबाट फोन आएको थियो जसमा २५ मे मा मुम्बई नजिकै प्रधानमन्त्री मोदीको र्याली छ, र्यालीमा उनलाई बमले उडाउनुपर्नेछ भनियो । अज्ञान व्यक्तिले फोनबाट उनलाई दुई जना तयार छन्, तपाईको तेस्रो व्यक्ति हुनुहुनेछ यो काम गर्नुहुन्छ ? तपाईलाई मागेजति पैसा दिइनेछ पनि भने ।
पहिला त कुशलले यो अज्ञात फोनलाई मजाकका रुपमा लिए । तर मोबाइल नम्बर र पुरै कुरा सुनेर उनको होसहवास उड्यो । लगत्तै उनले रानगर प्रहरी चौकीमा उजरी दिए । साथै फोनको अडियो क्लिप पनि प्रहरीलाई सुम्पिए ।

प्रहरीले यो घटनालाई शान्ति सुरक्षामा खलल पुर्याउने प्रयासका रुपमा लिएको छ । प्रहरी थाना प्रमुख केएल मिश्राका अनुसार शनिबार साँझ ५ बजेतिर यस्तो फोन आएको थियो । यो विदेशबाट आएको फोन हुनसक्ने अनुमान गरिएको छ । फोन गर्ने व्यक्तिको भाषा गुजराती जस्तै थियो । गुजरात मोदीको गृहनगर हो । यसअघि पनि सतना जिल्ला आतंकवादी गतिविधि हुने गरेका थिए । प्रहरीले यहाँबाट बलराम र राजीव नामका दुई पाकिस्तानी जासुसलाई पक्राउ गरेको थियो ।-साभार:दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर