Aamsanchar

सरकारलाई सेना परिचालनको बाटो खुल्यो

Author Image
सोमवार, जेठ ८, २०७४

काठमाडौं :

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो चरणको निर्वाचनको सुरक्षाका लागि नेपाली सेनाको परिचालनको स्वीकृति प्रदान गर्नु भएको छ।

सोमबार राष्ट्रपति भण्डारीले २०७४ साल जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सुरक्षा निकाय एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि स्वीकृति प्रदान गर्नु भएको हो।

राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७४र२र२ को सिफारिस, मन्त्रिपरिषद्को मिति २०७४र२र४ को निर्णय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को मिति २०७४/२/४ को पत्रमा उल्लिखित सिफारिस बमोजिम २०७४ साल जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर