बिर्तामोड।

झापाको बिर्तामोड भएर बग्ने अन्धुवा खोला सोमवार सरसफाई गरिएको छ ।
युनाइटेड रिभर साइड युथ फाउण्डेशन बिर्तामोड, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, बिर्तामोड नगरपालिका , इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोड सरसफाई समिति, द रेयुकाई, नेप्लिज टिन्स, विवेकशील नेपाली, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोड लगायतका संघ–संस्थाले खोला सरसफाई गरेको हो ।

हरेक सोमवार खोला सरसफाई गर्दै प्रदुषणरहीत अन्धुवा खोला बनाउने र खोलामा फोहोर फ्याक्न नदिने अभियान नै सञ्चालन गरिने बताइएको छ । सरसफाई अभियानका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीसहित विभिन्न संघ–संस्थाका पदाधिकारीको सहभागिता थियो ।
सञ्जीव चापागाईको अगुवाईमा कार्यक्रम भएको रिभरसाइडका सदस्य रणदेव हजामले जानकारी दिए । हरेक सोमवार अन्धुवा खोला सरसफाईमा जुट्न समेत रिभर साइडले सर्वसाधारणलाई अपिल समेत गरेको छ ।