Aamsanchar

अग्र्यानिक मलमा पहुँच पु¥याउन अर्जुनधारामा कामाक्षा

Author Image
मङ्गलवार, जेठ ९, २०७४

अर्जुनधारा।

स्थानीय कृषकहरुको अग्र्यानिक मलमा पहुँच पु¥याउने उद्देश्यले झापाको अर्जुनधारा–९  प्रणामी टोलस्थित कामाक्षा एग्रो फार्मले सोमबारदेखि प्राङ्गारिक चाओनाङ्ग दानादार र झोल मलको बिक्री शुरु गरेको छ ।
‘अग्र्यानिक खेती गरौं, अग्र्यानिक खाँउ, माटो बचाऔं र समृद्ध बनौं’ भन्ने मुख्य नारासहित काठमाडौंस्थित अग्र्यानिक वल्र्ड प्लस नेपाल प्रालि अन्तर्गत जिल्लाकै पहिलो डिलरको रुपमा फार्मले सो दुवै मलको बिक्री शुरु गरेको हो । कृषकहरुलाई रसायनिक मलको तुलनामा शुलभ मूल्यमा फार्मले बिक्री गर्ने मलहरुमा दानादार प्राङ्गारिक मल, सुपर ग्रीन प्लस, सुपर ग्रीन प्लान्ट, सुपर ग्रीन प्लान्ट(मिक्स), ग्रीन हर्व सुपर किलर तथा नानो क्याप्सुल रहेको फार्मका सञ्चालक किरण भट्टराईले जानकारी दिए ।
थाइल्याण्डमा उत्पादन गरिएको सो चाओनाङ्ग मल बालीनालीहरु र बोट बिरुवालाई आवश्यक सम्पूर्ण खाद्य पोषक तत्वहरु र प्राङ्गारिक पदार्थ एवम् माटोको लागि आवश्यक जिवाणुहरु भएको उच्च गुणस्तरीय मल भएको प्रालिका अध्यक्ष निलकृष्ण ताम्राकारले बताए ।
सो मलको प्रयोगले माटोमा नगलेका वस्तुहरु गलाउन मद्दत गर्ने, वनस्पतिलाई स्वस्थ्य रुपले हुर्कन मद्दत गर्ने, माटो र पानीको सन्तुलन मिलाई माटोको उर्वराशक्ति र आयु बढाउन मद्दत गर्ने, माटोमा भएको विषाक्त तत्व कसिलोपन हटाई खुकुलो बनाउने, माटोलाई गतिशील रुपमा बिरुवालाई चाहिने पोषक तत्व निर्माण गरी प्रदान गर्ने बताइएको छ ।

प्रालिका अध्यक्ष ताम्राकारको अध्यक्षतामा आयोजित कार्यक्रममा अध्यक्ष ताम्राकार, प्रालिका निर्देशक प्रताप थापालगायतले मलको परिचय, फाइदा, गुण, प्रयोग गर्ने विधिलगायतको विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा सो मल प्रयोग गरी तरकारी खेती गर्दै आएका बुद्धशान्ति गाउँपालिका–६ निवासी जीवन खतिवडा र गौरादह नगरपालिका–५ निवासी लक्ष्मी खरेलले अनुभव प्रस्तुत गरेका थिए । नेपालका लागि सो मल बिक्री गर्ने अधिकृत बिक्रेता रहेको प्रालिले देशको २० वटा जिल्लामा डिलरमार्फत अहिले उक्त मलको बिक्री गरिरहेको बताइएको छ । कार्यक्रमको सञ्चालन काठमाडौं मेडिकल कलेजका वरिष्ठ प्रबन्धक प्रकाश भट्टराईले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर