Aamsanchar

इलाममा ३ सय हतियार हराए

Author Image
बुधवार, जेठ १०, २०७४

इलाम,

इलाममा हातहतियार राख्ने अनुमति लिएका व्यक्तिहरुले १० वटा मात्र हतियार प्रहरीमा बुझाएका छन् ।  जिल्ला प्रहरी कार्यालय इलामका अनुसार तीन सय ११ मध्ये अत्यन्त न्यून व्यक्तिहरूले मात्र हतियार बुझाएका हुन् ।

हतियारको लाइसेन्स लिनेहरू धेरैजसो जिल्ला बाहिर बसेको, सशस्त्र द्वन्द्वको समयमा तत्कालिन बिद्रोही माओवादीले लगेको, कतिपय बसाइँ सरेर गएकोले हतियार बुझाउनेको सङख्या अत्यन्त न्यून रहेको प्रहरीको भनाई छ।

सरकारले स्थानीय तहको निर्वाचन सुरक्षालाई ध्यानमा राखेर नै अनुमति लिएका हतियार बुझाउन आग्रह गरेको थियो ।

जेठ ३१ गते हुने दोस्रो चरणको चुनावलाई मध्यनजर गरेर प्रशासनले लाइसेन्स प्राप्त हतियार बुझाउन आग्रह गरेको थियो । सूचना अनुसार जिल्ला प्रहरी कार्यालय इलाममा दशथान मात्र लाइसेन्स प्राप्त हतियार संकलन भएको हो ।

अहिलेसम्म जिल्ला प्रहरी कार्यालय इलाममा चारथान, चिसापानी प्रहरी चौकिमा २ थान, इलाका प्रहरी कार्यालय मंगलबारे, जीतपुर प्रहरी चौकि, फिक्कल प्रहरी चौकि र आइतबारे प्रहरी चौकिमा १/१ थान लाइसेन्सप्राप्त हतियार संकलन भएको छ ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार इलाममा तीनसय ११ थान लाइसेन्सप्राप्त हतियार छ । जसमा भरुवा बन्दुक २ सय २ थान र अन्य प्रकृतिका बन्दुक एकसय ९ थान रहेको छ । । प्रहरीमा बुझाएका लाइसेन्स प्राप्त हतियार निर्वाचनपछि सम्बन्धित ब्यक्तिलाई फिर्ता गरीने प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर