Aamsanchar

प्रधानमन्त्री दाहालद्धारा राजीनामाको घोषणा

Author Image
बुधवार, जेठ १०, २०७४

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिनुभएको छ ।

बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् । सम्बोधनका क्रममा प्रचण्डले ‘सफल प्रधानमन्त्रीको रुपमा विदा लिन पाउँदा खुशी छु’ भनेका छन् ।

गत वर्षको साउन १९ गते दोस्रोपटक मुलुकको ३९औं प्रधानमन्त्रीका रुपमा निर्वाचित प्रचण्ड २०६५ साल साउनमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।

प्रचण्डले राजीनामा दिएसँगै गत साउनमा सरकार गठन हुँदा नेपाली कांग्रेससँग भएको सहमतिबमोजिम अब कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर