Aamsanchar

कञ्चनजंघा अंग्रेजी माविले दियो पत्रकार उपचार कोषलाई ५१,१११

Author Image
बिहिवार, जेठ ११, २०७४

बिर्तामोड।


झापा बिर्तामोड ४ स्थित कञ्चनजंघा अंग्रेजी मावि तथा कञ्चनजंघा नमूना कलेजले पत्रकार सहारा उपचार कोषका लागि ५१ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको छ ।
विद्यालयका संस्थापक प्रिन्सिपल गुरुभक्त न्यौपानेले आज बिहीबार उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरी र सदस्य सचिव केशव भट्टराईलाई प्रदान गरे ।

मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन पत्रकार महासंघले थालेको अभियानको न्यौपानेले सराहना गरे । नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोष १ करोड रुपैयाँको बनाउने लक्ष्य लिएको छ । कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको छ ।
महासंघका उपाध्यक्ष एवं कोषका संयोजक गिरीका अनुसार कोषमा दाताहरुको नाम आजीवन रहनुका साथै प्रदान भएको रकम कहिल्यै नासिने छैन र त्यसको व्याजबाट मात्र पत्रकारको उपचारमा सहयोग गरिने छ ।
पत्रकार उपचार कोषका सहयोगदाता न्यौपाने ३६ वर्षदेखि अनवरत शिक्षा सेवामा छन् । न्यौपाने क्याम्पस प्रमुख रहेको कञ्चनजंघा नमूना कलेजले भर्खरै सार्वजनिक २०७३ को बीबीएस प्रथम वर्षको परीक्षामा ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । यो नतीजा देशको समग्र नतीजाको करिब तीन दोब्बर बढी हो ।

देशको समग्र नतीजा अनुसार १७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण छन् । उक्त सफलता हासिल गर्ने कञ्चनजंघा नमूना कलेजका विद्यार्थी पहिलो व्याचका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर