Aamsanchar

इलाममा पासपोर्ट बनाउनेको संख्या वर्षेनी घट्दै

Author Image
बिहिवार, जेठ ११, २०७४

इलाम,

इलाममा पासपोर्ट बनाउनेको संख्या घट्दै गएको पाइएको छ । गएका तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा पछिल्लो समय पासपोर्ट बनाउनेको संख्या घट्दै गएको हो ।

जिल्ला प्रशासन कार्यालय इलामको तथ्याङ्क अनुसार पासपोर्ट बनाउनेको संख्या गएका दुई आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको १० महिनासम्ममा चार हजार पाँच सय ७४ जनाले कमी आएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार आव २०७१/७२ मा आठ हजार आठ सय १२ जनाले पासपोर्ट बनाएका थिए । आव २०७२/७३ मा सात हजार पाँच सय ७२ र चालु आवको १० महिना भित्रमा चार हजार छ सय ३६ जनाले मात्र पासपोर्ट बनाएका छन् ।

पासपोर्ट लिनेमा जिल्लाका चुरे क्षेत्रका युवा धेरै छन् । पासपोर्ट आर्थिक वितरणबाट आव २०७२/७३ मा तीन करोड ९३ लाख ९७ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको थियो । त्यस्तै चालु आवको १० महिनामा दुई करोड २८ लाख ६० हजार रुपैयाँ संकलन भएको लेखापाल राजु चौधरीले जानकारी दिनुभयो । -सुजता सुनुवार,उज्यालोबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)