Aamsanchar

अग्नीको उदाहरणीय काम / मलामीलाई निःशुल्क बस

Author Image
शुक्रवार, जेठ १२, २०७४

नरेन्द्र ढकाल
(झापा)


समाजसेवा गर्नलाई पद नै चाहिन्छ भन्ने हुदैन इच्छाशक्ति भएमा जस्तो सुकै काम पनि गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । झापाको कमल नगरपालिका–४ का अग्नी कोइराला ।
उनले शुक्रबारबाट आफ्नो वडा भित्र कसैको मृत्यु भएमा मलामीका लागि आफ्नो स्वामित्वमा रहेका दुईओटा बस निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् । वन्डरलेण्ड अंग्रेजी स्कुलका संस्थापक प्रिन्सिपल समेत रहेका कोइरालाले मानवीय संमवेदनाले आफुलाई मन छोएको र आफुले समाजमा सानो भएपनि समाजमा सेवा गरौं भनेर आफ्नो वडामा कसैको मृत्युभएका मलामी बोक्न निःशुल्क दुई वटा स्कुल बस उपलब्ध गराउने निर्णय गरेको बताए ।
उक्र नगरपालिकाको वडा नम्बर–४ मा ६ हजार जनसंख्या रहेको र अबदेखि कसैको मृत्युभएमा विद्यालयका बस उपलब्ध गराउने जानकारी दिए । उनले मृत्यु भएका परिवारमा मलामी लगेको बसको भाडा त्यही दिन वा केही दिनमा नै तिर्नुपर्छ भन्ने मान्यता रहेको र उनीहरुका आफ्न्त आएर कति रकम भनेर सोध्दा आफुलाई पिडा महसुश भएको बताए । शोकमा परेका ब्यक्तिलाई केही राहत होस् आफुले उक्त निर्णय गरेको बताए ।


उनले समाज सेवागर्न पद नै चाँहीन्छ र ठूला काम मात्रै समाज सेवा हो भन्ने मान्यतालाई अन्त्य गर्दै सानो काम पनि समाजका लागी उदाहरणीय हुन्छ भन्ने सन्देश दिन पनि उक्त निर्णय गरेको जानकारी दिए ।
आफुले गरेको उक्त निर्णयबाट दुःखका बेला सानो भएपनि सहयोग हुने भएकाले यस्ता काम तर्फपनि हामी सबैले सोच्नुपर्ने कोइरालाले बताए । उनले मलामी लगेको समयमा चालकलाई दिनुपर्ने खर्चपनि आफैले ब्यर्होने समेत बताए । उनले समाजमा केही गर्छु भन्नेहरुलाई सबैले साथ र सहयोग रहने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर