Aamsanchar

विकास योजना ५२% मात्र पूरा

Author Image
सोमवार, जेठ १५, २०७४

(पार्थ मण्डल)

भद्रपुर।

चालू आर्थिक बर्ष सकिन डेढ महिना बाँकी रहँदा झापा जिल्लामा ५२ प्रतिशत मात्र पूर्वाधारसहितको विकास कार्यक्रमका योजना सम्पन्न भएका छन् ।
चालू आवको असार मसान्तसम्ममा ४२ करोड ७८ लाख ७६ हजार ३ सय ४८ रुपैयाँ बराबरको ४८ प्रतिशत योजना सम्पन्न हुन अझै बाँकी रहेको छ । जिल्ला समन्वय समिति झापा तत्कालीन जिल्ला विकास समितिको योजना शाखाले दिएको जानकारी अनुसार झापामा भौतिक प्रगति ५२ प्रतिशत र आर्थिक प्रगति ४७ प्रतिशत रहेको छ ।
चालू आर्थिक बर्ष ०७३÷७४ मा झापामा कूल एक हजार १ सय ३७ वटा योजना रहेका छन् । त्यसमध्ये सम्पन्न भइसकेका एक हजार १ सय १९ वटा योजना सम्झौता मध्ये ५ सय ९७ वटा मात्र निर्माण सम्पन्न भएका छन् । योजनाहरुको कूल बजेट ८० करोड ६१ लाख ९६ हजार ६ सय ९७ रुपैयाँ रहेको थियो । यसमध्ये योजना सम्पन्न भएकामा ३७ करोड ८३ लाख २० हजार २ सय ४९ रुपैयाँ भुक्तान भइसकेको छ भने ४२ करोड ७८ लाख ७६ हजार ३ सय ४८ रुपैयाँ बराबरको योजना सम्पन्न हुन बाँकी छन् ।
योजना शीर्षकतर्फ जिविस कोषको २ करोड ४७ लाख ५० हजारका १ सय २६ योजनामध्ये १ सय २२ वटा सम्पन्न भइसकेका छन् भने एक करोड १० हजार बराबरको ५२ वटा योजना सम्पन्न हुन सकेको छैन । जिविस कोष (इलाका)को २ करोड ४६ लाखका ८२ वटा योजनामध्ये ३८ वटा योजना सम्पन्न भए पनि १ करोड ३० लाख बराबरको ४४ वटा योजना बाँकी छन् । जिविस अनुदानतर्फको एक करोड ४८ लाख ५० हजारका ४६ योजना मध्ये २६ वटा योजना सम्पन्न भए पनि ६७ लाख १३ हजार बराबरको २० योजना अझै बाँकी रहेको स्रोतले जनाएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमतर्फको २० करोड ४७ लाख ५० हजारका १ सय ६० योजना मध्ये ६९ वटा सम्पन्न भएपनि ११ करोड ५५ लाख ३१ हजार बराबरको ९१ वटा योजना बाँकी छन् । निर्वाचन क्षेत्र विकास कार्यक्रमतर्फको ११ करोड ६४ लाखका ४ सय ९७ वटा मध्ये २ सय ८२ वटा योजना सम्पन्न भएपनि ४ करोड ७७ लाख बराबरको १ सय ९७ वटा योजना बाँकी छन् । झोलुङ्गे पुल कार्यक्रमतर्फको ३ करोड १४ लाख ५० हजारका १२ वटा योजना मध्ये ५ वटा सम्पन्न भए पनि २ करोड २० लाखका ७ वटा योजना अझै बाँकी छन् ।
त्यसैगरी आर्थिक केन्द्र जोड्ने सडकतर्फको ७ करोड ६२ लाखका १ सय ३२ वटा योजना मध्ये ६५ वटा योजना सम्पन्न भए पनि ४ करोड ६८ लाखको ६७ वटा योजना बाँकी छन् । खेलकुद विकास कार्यक्रमतर्फको एक करोड ७० लाखका १६ वटा योजनामध्ये २ वटा योजना मात्र सम्पन्न भए पनि सोही रकम बराबरको १४ वटा अझै बाँकी छन् । स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रमतर्फको २ करोड १८ लाखका २२ वटा योजना मध्ये ८ वटा योजना सम्पन्न भए पनि ९६ लाख ५९ हजार बराबरको १४ वटा अझै बाँकी छन् । संस्कृतिक प्रवद्र्धन कार्यक्रमतर्फको २ करोड ७७ लाख ५० हजारका ३६ वटा योजनामध्ये २१ वटा सम्पन्न भए पनि १ करोड ३८ लाख २८ हजार बराबरको १५ वटा योजना बाँकी छन् । साना सिञ्चाई नदी नियन्त्रण तथा अन्य पूर्वाधार कार्यक्रमतर्फको १ करोड ५० लाखका १५ वटा योजना मध्ये ५ वटा सम्पन्न भएका छन् भने ५७ लाख ८८ हजारका १० वटा योजना बाँकी छन् ।
त्यस्तै भारतीय राजदूतावास क्रमागत कार्यक्रमतर्फको १४ करोड २४ लाख ४४ हजारका योजना मध्ये एउटा योजना सम्पन्न भएको छ र ५ करोड ५७ लाख ८८ हजार बराबरको ३ वटा योजना अझै अलपत्रमा छन् । रेप ३ कार्यक्रम (दूधे–शिवगञ्ज सडक समेत) तर्फको ९ करोड ५० लाखको एउटा योजना अझै सम्पन्न भएको छैन । भद्रपुरस्थित गिरिजाप्रसाद कोइराला सभागृहको ४ करोड ४१ लख रुपैयाँको निर्माण कार्य भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर