Aamsanchar

अब ग्याष्ट्रिकका विरामीलाई वीएण्डसीमै उपचार

Author Image
सोमवार, जेठ १५, २०७४

विर्तामोड, 


विभिन्न आधुनिक प्रविधि तथा विशेषज्ञ चिकित्सकसहित सेवा प्रदान गर्दै आएको झापाको विर्तामोड स्थित वीएण्डसी हस्पिटलले ग्याष्ट्रो इन्टेरोलोजिष्टको सेवा शुरु भएको छ ।
हस्पिटलमा यसै साता ग्याष्ट्रो इन्टेरोलोजिष्ट चिकित्सक हरि घिमिरे आएसँगै उक्त सेवा शुरु भएको हो । पूर्वकै पहिलो सेवा सुरु गरेको भन्दै डा. घिमिरेले आल्कोल धेरै खाने गर्नाले कलेजो सम्बन्धि समस्या हुने र उक्त समस्याले गर्दा विरामीको संख्यामा वृद्धि हुने गरेको बताए । उनले पछिल्लो समय मोटोपनाले पनि यो रोगीका संख्यामा वृद्धि भएको छ ।
हस्पिटल परिषरमा सोमबार आयोजिक पत्रकार सम्मेलनमा ग्याष्ट्रो इन्टेरोलोजिष्टमा पाकिस्तानबाट बिशेषज्ञता (एमडी) हासिल गरेर सोझै बिएण्डसीमा सेवाका लागि आएको उनले जानकारी दिएका छन् ।
खानाको नली, ठूलो आन्द्रा, सानो आन्द्रा सबैखाले हेपटाइटिस, कलेजो सम्बन्धी समस्या, ग्याष्ट्रिक बढेको, छाती तथा मुटु पोल्ने समस्या, मुखमा पानी आउने, अमिलो–पिरो हुने, खाँदा कुनै कुरा अड्किएको, पेट फुल्नु, कालो दिसा जानु, नियमित दिसा नहुनु जस्ता समस्या डा. घिमिरेको उपचार क्षेत्रमा पर्ने उनले पत्रकारसम्मेलनमा बताए । नेपालमा ‘लिभर सिरोसिस’ को समस्या बढ्दै गएको उनको भनाई थियो ।
ग्याष्ट्रिक बढ्दा मानिसले आफूखुशी औषधि सेवन गर्दा समस्या झन बढिरहेको डा. घिमिरेले बताए । शरीरका विभिन्न भागमा दुखाई बढ्दा सेवन गरिने ‘पेन किलर’ले पेटमा सोझै ग्याष्ट्रिक बढाउने उनको भनाइ छ । चुरोट, रक्सीको सेवन, अनियमित खानापान, लामो समयसम्म खालीपेट बस्दा मानिसमा ग्याष्ट्रिकको समस्या बढ्ने गरेको डा. घिमिरेको भनाइ छ ।
पत्रकारसम्मेलनमा बोल्दै बिएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अस्पतालमा २० भन्दा बढी प्रकारका विशेषज्ञ सेवा प्रदान गर्दै आएको बताए । उनले अबको दुई साता भित्र अस्पतालले मेडिकल कलेज सञ्चालनको अनुमति प्राप्त गर्ने बताए । डा. गोविन्द केसी पनि वीएण्डसीलाई अनुमति दिने विषयमा सकारात्मक रहेको भन्दै यसै आर्थिक वर्षबाट मेडिकल कलेजले आफ्नो कक्षा सुरु गर्ने जानकारी दिए ।
पूर्वमा विशेषज्ञ डाक्टरहरुद्धारा सबैरोगको उपचार गर्ने हिसाबले वीएण्डसी हस्पिटलले भारतको मेदान्त हस्पिटलसंगको सहकार्यमा जुलाई १५ तारिखबाट १० जना विशेषज्ञ डाक्टरहरु सेवा प्रदान गर्न वीएण्डसी हस्पिटलमा आउने जनसम्र्पक अधिकारी प्रमिश गिरीले जानकारी दिए । यनले अब कुनैपनि विरामीले उपचार नपाएर भौतारिनु नपर्ने गिरीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर