Aamsanchar

रामकुमारले दिए पत्रकार उपचार कोषलाई ५२,०००

Author Image
मङ्गलवार, जेठ १६, २०७४

बिर्तामोड।


झापा बिर्तामोड बुट्टाबारी निवासी समाजसेवी रामकुमार कन्दङ्वाले पत्रकार सहारा उपचार कोषका लागि ५२ हजार रुपैयाँ प्रदान गरेका छन् ।  समाजसेवी कन्दङ्वाले आज मंगलबार उक्त रकम महासंघका अध्यक्ष तारामणि सापकोटा र महासंघका उपाध्यक्ष एवं पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरे ।

कन्दङ्वाले मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन पत्रकार महासंघले थालेको अभियान अनुकरणीय रहेको भन्दै सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।
बिर्तामोड चौकमा अचानक भएको भेटमा महासंघका अध्यक्ष सापकोटा र उपाध्यक्ष गिरीले पत्रकार उपचार कोषको औचित्य र अभियानबारे जानकारी गराउदै गर्दा कन्दङ्वाले ‘यो अत्यन्त पवित्र सेवा कर्म थाल्नु भएछ,मेरो तर्फबाट कोषको लागि अहिले नै लानूस् यो रकम’भनेर त्यति नै बेला ५२००० रुपैयाँ दिएका थिए । कन्दङ्वाले मुलुक परिवर्तन र नागरिकलाई सूसुचित गर्ने कार्यमा अहोरात्र खटिने झापाली पत्रकारको हितमा स्थापित कोषमा सहयोग गरिदिन सबैमा आग्रह पनि गरेका छन् ।
नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोष १ करोड रुपैयाँको बनाउने लक्ष्य लिएको छ । कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको कोषका सदस्य सचिव केशव भट्टराईले जानकारी दिए ।
कोषमा दाताहरुको नाम आजीवन रहनुका साथै प्रदान भएको रकम कहिल्यै नासिने छैन र त्यसको व्याजबाट मात्र पत्रकारको उपचारमा सहयोग गरिने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर