Aamsanchar

झापाको बजेट ५ अर्ब २३ करोड

Author Image
बुधवार, जेठ १७, २०७४

बिर्तामोड।

झापाको लागि पाँच अर्व २२ करोड ९९ लाख ३६ हजार रुपैयाँ बजेट बिनियोजन भएको छ । आर्थिक वर्ष २०७४÷७५ को पूर्ण बजेटमा झापाका ८ नगरपालिका र ७ गाउँपालिकाका लागि उक्त रकम विनियोजन भएको हो ।

अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको बजेटमा सबैभन्दा बढी झापाको मेचीनगर नगरपालिकाका लागि रकम बिनियोजन भएको छ । मेचीनगर नगरपालिकाका लागि सरकारले ६० करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
त्यस्तै अर्जुनधारा नगरपालिकाका लागि ३७ करोड ३९ लाख ५२ हजार रुपैयाँ, कन्काई नगरपालिकाका लागि २७ करोड ३२ लाख १३ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
यता गौरादह नगरपालिकाका लागि ३८ करोड १ लाख ९३ हजार, दमक नगरपालिकाका लागि ४३ करोड ३९ लाख २१ हजार रुपैयाँ, बिर्तामोड नगरपालिकाका लागि ४० करोड ५१ लाख ४१ हजार, भद्रपर नगरपालिकाका लागि ४० करोड २० लाख ५९ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।
उता शिवसताक्षी नगरपालिकाका लागि ४२ करोड ५८ लाख ६२ हजार, कचनकवल गाउँपालिकाका लागि ३१ करोड २२ लाख ३१ हजार, कमल गाउँपालिकाका लागि ३१ करोड १६ लाख ९१ हजार, गौरीगञ्ज गाउँपालिकाका लागि २६ करोड ८० लाख २४ हजार र झापा गाउँपालिकाका लागि २६ करोड ५ लाख ९ हजार रुपैयाँ बजेट बिनियोजन भएको छ ।
त्यसैगरी बाह्रदशी गाउँपालिकाका लागि २६ करोड ८० लाख १९ हजार रुपैयाँ, बुद्धशान्ति गाउँपालिकाका लागि २७ करोड ५१ लाख ५२ हजार रुपैयाँ र हल्दिबारी गाउँपालिकाका लागि २४ करोड २७ लाख ४२ हजार रुपैयाँ बिनियोजन भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर