Aamsanchar

अग्र्यानिक सब्जी लगाउन आइपीएम

Author Image
बुधवार, जेठ १७, २०७४

(अमित खम्बू)
अर्जुनधारा।

आसन्न स्थानीय तहको निर्वाचनका कारण गाउँघरमा विभिन्न पार्टीको घरदैलो अभियान चलिरहँदा झापाको अर्जुनधारा नगरपालिका–१० उप्रेती डाँडास्थित शान्ति कृषक महिला समूहमा आवद्ध महिलाहरु आइपीएम प्रविधिद्वारा गरिएको तरकारी खेतीमा व्यस्त देखिन्थे ।
नगरस्तरीय महिला समन्वय उपभोक्ता समितिले चालू आर्थिक वर्षमा अग्र्यानिक तरकारी खेती गर्न सो समूहलाई उपलब्ध बजेटबाट तरकारी खेती गर्न सञ्चालित आइपीएम कृषक पाठशालामा उनीहरु व्यस्त भएका हुन् । नगरस्तरीय महिला समन्वय उपभोक्ता समितिको समन्वयमा जिल्ला कृषि विकास कार्यालय झापा र कृषि सेवा केन्द्र चारआलीको प्राविधिक सहयोगमा आइपीएम कृषक पाठशालामार्फत् तरकारी बाली सम्बन्धी सीप आर्जन गर्नु आफूहरुको उद्देश्य रहेको उनीहरुले बताए ।
नगरस्तरीय महिला समन्वय उपभोक्ता समितिले स्थानीय पूण्यप्रसाद उप्रेतीको १२ कट्ठा जग्गा ५० हजार रुपैयाँमा लिजमा लिई समूहलाई अग्र्यानिक तरकारी खेती गर्न बीऊ–बिजन उपलब्ध गराएको थियो । समितिले बीऊ–बिजनसँगै कृषि सेवा केन्द्र चारआलीसँग समन्वय गरी आइपीएम पाठशाला सञ्चालनमा सहजीकरण गर्ने सहजकर्ता र तरकारी खेतीका लागि प्राविधिकसँगै पाठशाला सञ्चालन गर्न आवश्यक अन्य सामग्रीहरु उपलब्ध गराएपछि समूहमा आवद्ध महिलाहरु उत्साहित भएका हुन् ।
समूह अन्र्तगत रहने गरी ३० घरधुरीका महिलाहरुको सहभागितामा प्रगति आइपीएम कृषक समूह पाठशाला गठन गरी पाठशालाबाट लिएको सीपलाई व्यवहारिक तरकारी खेतीमा प्रयोग गरेको समूहले करेला, काँक्रा, घिरौला र बोरीको खेती गरी अनुमानित ३० हजार रुपैयाँ कोषमा जम्मा गर्न सफल भएको समूहकी अध्यक्ष मेनुका उप्रेतीले बताइन् ।
शुरुमा के होला, कस्तो होला भन्ने कौतुहलताकाबीच समूहमा रहेको अवस्थामा पनि अन्त्यमा हामी सफल भएको हुँदा यसले आफूहरुलाई उत्साहित बनाएको समूहकी संयोजक उप्रेतीले बताइन् । ‘गर्दा हुने रहेछ, ‘यसलाई निरन्तरता दिनेछौं’– उनले थप आफ्नो भनाइ राखिन् ।
महिलाहरुको सशक्तिकरणका निम्ति अर्जुनधारा नगरपालिकाबाट विनियोजित बजेटबाट उनीहरुको सशक्तिकरण, अग्र्यानिक खेतीको प्रवद्र्धन र त्यससम्बन्धी सचेतना जगाउन शान्ति कृषक महिला समूहलाई बजेट लगानी गरिएको समितिकी संयोजक पुनम सुवेदीले बताइन् ।
त्यसैगरी पाठशालाका सहजकर्ता आइपीएम समाज झापाका अध्यक्ष महेश तिम्सिना आइपीएम अर्थात् एकीकृत शत्रुजीव व्यवस्थापन कृषकलाई प्राविद्यिक बनाउने कार्यक्रम भएको हुँदा यसलाई प्रविधि हस्तान्तरण कार्यक्रम भनिएको बताउँछन् ।  माटोको तयारी, विरुवाको वृद्धी अवस्थादेखि काट्ने समय सम्मको सीपबारे जानकारी गराइने यस प्रविद्यिअन्र्तगत बालीको लागि शत्रु र मित्र जीवको पहिचान गर्दै मित्र जीवको संरक्षण गर्ने सहजकर्ता तिम्सिनाले जानकारी दिए ।
यता अर्जुनधारा नगरपालिकाका सब इञ्जिनियर प्रदीपकुमार पुरीले लक्षित समुदाय अन्तर्गत नगरपालिकाले बजेट विनियोजन गरी सञ्चालन भएका विभिन्न कार्यक्रमहरुमध्ये सो कार्यक्रम उत्कृष्ट भएको दावी गरे । आगामी दिनमा यस किसिमको कार्यक्रमलाई निरन्तरता दिँदै थप यसलाई टेवा पुग्ने अन्य कृषिका कार्यक्रमहरु सञ्चालन गरिने उनले बताए । यसैबीच गत माघ १६ गतेदेखि जेठ १४ गतेसम्म सञ्चालन भएको विषादिरहित अग्र्यानिक तरकारी खेती गर्न आयोजित १६ हप्ते आइपीएम कृषक पाठशालाको मंगलबार समापन कार्यक्रम सम्पन्न भएको छ ।
प्रगति कृषक महिला आइपीएम पाठशालाकी अध्यक्ष कमला उप्रेतीको अध्यक्षता र नगरस्तरीय महिला समन्वय उपभोक्ता समितिकी संयोजक पुनम सुवेदीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मल्लिका खतिवडाले गरेकी थिइन् ।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाका सबइञ्जिनियर प्रदीपकुमार पुरी, मेरो रेडीयो सञ्चालक समितिका अध्यक्ष शंकर सुवेदी, सहजकर्ता महेश तिम्सिना, कालिस्थान बौद्ध गुम्बाका अध्यक्ष सन्त गोम्देन, कालिस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र उप्रेती, नगरस्तरीय महिला समन्वय उपभोक्ता समितिकी सचिव विन्दा लुइँटेल, लक्ष्मीप्रसाद मिश्रलगायतले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । सहभागीहरुद्वारा आइपीएम सम्बन्धी गीत, कविता  प्रस्तुत गरिएको कार्यक्रमको सञ्चालन गान्धारी मिश्रले गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर