Aamsanchar

दमकलाई अदुवामा आत्मनिर्भर बनाउन अभियान

Author Image
बुधवार, जेठ १७, २०७४

दमक।

दमक उद्योग वाणिज्य संघ झापाले दमक नगरलाई अदुवामा आत्मनिर्भर बनाउनका लागि अभियान शुरु गरेको छ । दमक कृषिमा आधारित शहर रहेकाले कृषकहरुलाई व्यावसायिक प्रबद्र्धनका गर्दै अदुवामा आत्मनिर्भर बनाउनका लागि योजनाका साथ अघि बढेको वाणिज्य संघले जनाएको छ ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालका अनुसार नेपाल उद्योग वाणिज्य संघसँगको सहकार्यमा कृषिमा आधारित परियोजनाहरु सञ्चभालन गर्ने क्रममा अदुवाबाट शुरु गरिएको बताए ।
प्रारम्भिक चरणमा दमकमा रहेको मूल कृषक समूह र अन्य कृषक समुहहरुलाई एक हजार केजी अदुवाको बीऊ वितरण गरिएको ढकालले जनाए । यसभन्दा अगाडि वाणिज्य सघले कहिल्यै पनि कृषिमा आधारित कार्यक्रमहरु सञ्चालन गरेको थिएन ।
वार्षिक रुपमा यो कार्यक्रमलाई निरन्तरता दिने उद्देश्यले मूल कृषक समूह र कृषक समूहहरुलाई  उत्पादन गरेर बीऊ फिर्ता गर्नुपर्ने शर्तसहित एक हजार केजी अदुवाको बीऊ प्रदान गरिएको उनले बताए । दमकमा अदुवा खेतीको सम्भावाना राम्रो रहेको र दैनिक लाखांै रुपैयाँको अदुवा दमक बाहिरबाट आउने गरेको उनले जानकारी दिए ।
दुईदेखि तीन वर्षभित्रमा दमकलाई अदुवामा आत्मनिर्भर बनाउन सकिने वाणिज्य संघले अध्ययन गरेको जनाइएको छ । अदुवाको बीऊ वितरण गरेपछि किसानहरु पनि उत्साहित भएको वाणिज्य संघले जनाएको छ । वाणिज्य संघ व्यवसायीहरुको हकहितमा मात्र नभएर यहाँका कृषकहरुको जीवनस्तर उकास्न पनि आफूहरु लागिपर्ने वाणिज्य संघका द्वितीय उपाध्यक्ष युवराज घिमिरेले बताए । कृषिमा आधारित व्यवसाय प्रवद्र्धनका लागि वाणिज्य संघले गुरुयोजना बनाएर अघि बढ्ने सोच अनुसार काम अघि बढाएको पनि उनले बताए ।
यसैगरी दमक उद्योग वाणिज्य संघले दमक तथा आसपासमा व्यवसायिक माछापालनको सम्भाव्यता अध्ययन शुरु गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको सरकारसँग साझेदारीमा हुने एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत माछा पालनको बिषयमा अध्ययन र सरोकारवालाहरुसँग छलफल भइरहेको वाणिज्य संघका अध्यक्ष ढकालले बताए ।
एकचरणमा व्यवसायीहरुसँग छलफल भइसकेको र माछापालनमा व्यवसायीहरु पनि आकर्षित रहेको पाइएको उनको भनाइ रहेको छ । दैनिक भारतबाट पाँच हजार केजीभन्दा बढी माछा दमक र आसपासको क्षेत्रमा आउने गरेको बताइएको छ । यो माछा धेरै समय अगाडि मरेको र स्वास्थ्यका लागि अस्वस्थकर रहको पनि बताइँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर