Aamsanchar

स्थानीय निकायमा दुई अर्ब ९४ करोड बजेट

Author Image
बिहिवार, जेठ १८, २०७४

इलाम ।

आर्थिक वर्ष २०७४÷७५ मा यहाँका १० वटा स्थानीय तहका लागि सरकारले रु दुई अर्ब ९४ करोड ५५ लाख ४२ हजार बजेट विनियोजन गरेको छ ।

वित्तीय समानीकरण भनेर रु एक अर्ब ८३ करोड ५७ लाख छ हजार र सःशर्त अनुदान रु एक अर्ब १० करोड ९८ लाख ३६ हजार विनियोजन गरिएको छ । चारवटा नगरपालिकाका लागि रु एक अर्ब ५७ करोड ५४ लाख ३१ हजार र गाउँपालिकाका लागि रु एक अर्ब ३७ करोड एक लाख ११ हजार बजेट विनियोजन गरिएको हो ।

इलाम नगरपालिकाका लागि रु ४६ करोड ८८ लाख ५१ हजार, देउमाई नगरपालिकाका लागि रु ३२ करोड १० लाख ६८ हजार, माई नगरपालिकाका लागि रु ३२ करोड ६४ लाख ४२ हजार र सूर्योदय नगरपालिकाका लागि रु ४५ करोड ९० लाख ७० हजार बजेट विनियोजन गरिएको छ ।

यस्तै फाकफोकथुम गाउँपालिकाका लागि रु २५ करोड ६३ लाख ९७ हजार, चुलाचुली गाउँपालिकाका लागि रु २२ करोड ६७ लाख ५५ हजार, माईजोगमाई गाउँपालिकाका लागि रु २३ करोड ७६ लाख ६७ हजार, माङ्सेबुङ गाउँपालिकाका लागि रु २२ करोड तीन लाख छ हजार, रोङ गाउँपालिकाका लागि रु २२ करोड ९३ लाख ६८ हजार र सन्दकपुर गाउँपालिकाका लागि रु १९ करोड ९६ लाख १८ हजार बजेट छुट्याइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर