Aamsanchar

भरतपुरको १९ नम्बर वडाका ९० वटा मतपत्र च्यातिएको भेटियो

Author Image
बिहिवार, जेठ १८, २०७४

चितवन :

चितवनको भरपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाका क्रममा राजनीतिक दलका प्रतिनिधिको विवादमा ९० वटा मतपत्र च्यातिएको भेटिएको छ।

बुधबारको निर्वाचन आयोगको निर्देशनपछि बिहीबार पुगेको छानबिन समितिले राजनीतिक दलका प्रतिनिधि, वडा नम्बर १९ का उम्मेदवार, सिडिओ, सुरक्षा निकायका प्रमुख र निर्वाचन अधिकृतको उपस्थितिमा च्यातिएका मतपत्रको गणना गरेको हो। गणनाका क्रममा ९० वटा मतपत्र च्यातिएको अवस्थामा भेटिएको एक प्रतिनिधिले अन्नपूर्ण अनलाइनलाई जानरकारी दिनुभयो। वडा नम्बर १९ मा कुल २८ सय ९७ मत खसेको थियो। जसमध्ये १९ सय ९ मत गणना भइसकेको छ भने ९ सय ९८ मत गन्न बाँकी छ।

आइतबार राति मतगणनाका क्रममा माओवादी र एमालेका प्रतिनिधिबीच विवाद हुँदा मतपत्र च्यातिएको थियो। वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय चुनावको सबै मतपरिणाम आइसकेको भए पनि विवादका कारण आइतबारबाट भरतपुरमा मतगणना स्थगित भएको छ।

बुधबार साँझ निर्वाचन आयोगले विज्ञप्ति सार्वजनिक गर्दै च्यातिएको मतपत्रको संख्यासहित पूर्ण विवरण ल्याउन निर्देशन दिएको थियो । आयोगले शिलबन्दी भएको पोको पयाप्त सुरक्षा व्यवस्थासहित सम्भव भएसम्म भरतपुर महानगरपालिकाका प्रमुख, उपप्रमुख र सम्बन्धित वडामा उम्मेदवारी दिएका उम्मेदवार वा निजका एकएक जना प्रतिनिधि, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला प्रहरी कार्यालयका प्रमुख समेतको रोहवरमा खोली गणनाको क्रममा रहेका मतपत्र मध्ये च्यातिइ नोक्सान भएका पतपत्रको संख्या यकिन गरी प्रतिवेदन पठाउन मुख्य निर्वाचन अधिकृत, भरपुर महानगरपालिका चितवनलाई लेखी पठाउन दिएको निर्देशन अनुसार नै बिहीबार च्यातिएका मतपत्रको गणना भएको हो ।

निर्वाचन आयोगले चितवनको गणनाको छानबिन र निर्णय गर्न ढिलाइ गरे पनि स्थानीय तह निर्वाचन ऐन, २०७३ ले मतपत्र च्यातिएको अवस्थामा पुनः मतदान गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ। -अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर