Aamsanchar

असई थापामगर ‘पुलिस अफ दी मन्थ’

Author Image
शुक्रवार, जेठ २६, २०७४

विराटनगर :

पूर्व क्षेत्रीय दंगा नियन्त्रण प्रहरी गण दुहवी सुनसरीमा दरबन्दी रहेर अञ्चल प्रहरी कार्यालय कोसीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) अनुप थापामगर वैशाख महिनाको ‘पुलिस अफ दी मन्थ’ हुनु भएको छ ।

पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी रमेश भट्राईले असई थापामगरलाई महिना भरीको उत्कृष्ट प्रहरी घोषित गर्नु भएको हो । महिना भरी अपराध अनुसन्धान, नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने सवालमा अब्बल देखिएका र उत्कृष्ट काम गरेका पूर्वाञ्चलमा कार्यरत मध्ये एक प्रहरीलाई पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले प्रत्येक महिना ‘पुलिस अफ दी मन्थ’ (उत्कृष्ट प्रहरी) का रुपमा सम्मान गर्दै आएको छ ।

अञ्चल प्रहरी कार्यालय कोसी मातहत रहेका जिल्लाहरुमा लागूऔषध ओसारपसार, बिक्रीवितरण तथा सेवनलाई नियन्त्रण गर्दै समाजलाई लागूऔषध दुव्र्यसन मुक्त गराउने एवं सामाजमा शान्ति सुरक्षा कायम गर्ने कार्यमा प्रभावकारी र उल्लेखनीय भूमिका खेलेका कारण उत्कृष्ट कार्यको कदर गर्दै थापामगरलाई बैशाख महिनाको उत्कृष्ट प्रहरीका रुपमा सम्मान गरिएको डीआईजी भट्राईले बताउनु भयो ।

उत्कृष्ट घोषित भएका प्रहरीलाई पुरस्कृत गर्नुका साथै ती प्रहरीले महिना भरी गरेका कामको विवरण खुलाएर एक महिनासम्म पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा रहेको आवरण स्तम्भमा राख्ने गरिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर