Aamsanchar

कोरियन ईपीएस भाषा परीक्षा शनिबार र आइतबार

Author Image
शुक्रवार, जेठ २६, २०७४

काठमाडौं :

रोजगार अनुमति प्रणाली (इपीएस)को आठऔं ईपीएस भाषा परीक्षा शनिबार र आइतबार हुँदैछ। दुई दिन हुने परीक्षाका लागि कोरिया इपीएस शाखाले २६ परीक्षा केन्द्र निर्धारण गरिसकेको छ। ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसर परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ। पहिलो सिफ्ट बिहान आठ बजेदेखि ११ बजेर १० मिनेटसम्म सञ्चालन हुनेछ भने दोस्रो सिफ्ट दिउँसो १२ बजेदेखि ३ बजेर १० मिनेटसम्म सञ्चालन हुनेछ।

ईपीएसमा पढाई १०० र लेखाई १०० गरी २०० पूर्णाङकको परीक्षाका लागि ७५ हजारले ५ सय ८० जनाले आवेदन दिएका छन्। जसमा नौ हजार सात सय ९६ महिला तथा ६५ हजार सात सय ८४ पुरुष आवेदक रहेको शाखाले जनाएको छ। त्यसका पनि कृषि क्षेत्रमा ५१ हजार दुई सय दुई र उत्पादन क्षेत्रमा २४ हजार तीन सय ७८ जनाले आवेदन दिएका छन्।

पहिलो सिफ्टमा परीक्षा दिने परीक्षार्थी आठ बजेसम्ममा परीक्षा केन्द्रमा प्रवेश गरिसक्नु पर्नेछ भने दोस्रो सिफ्टमा परीक्षा दिने परीक्षार्थी १२ बजे अगाडि नै परीक्षा केन्द्रमा प्रवेश गरिसक्नु पर्ने शाखाले जनाएको छ। परीक्षार्थीले कालो बल पेनसहित राहदानको सक्कल र रंगीन प्रिन्ट गरेको प्रवेश पत्र साथमा ल्याउनु पर्ने शाखाले जनाएको छ। परीक्षा केन्द्रामा विद्युतीय सामाग्री ल्याउन परीक्षार्थीको परीक्षा रद्द हुने खतिवडाले जानकारी दिनुभयो।

परीक्षामा सहभागी मध्ये १० हजार दुई सय उर्तीण परीक्षार्थी सन् २०१८ मा कोरिया जान पाउने छन्। जसमा ४ हजार उत्पादन क्षेत्रमा र ६ हजार दुई सय कृषि कामका लागि कोरिया जाने छन्।

परीक्षा सञ्चालनका लागि सबै तयारी पुरा भइसको शाखाको भनाइ छ। परीक्षा सञ्चालनका लागि कोरियाबाट ५५ जनाको टोली नेपाल आइसकेको छ। प्रति परीक्षा सेन्टर तीन जनाका दरले निजामती कर्मचारी र परीक्षा सञ्चालन हुने स्कुल तथा कलेजका आवश्क कर्मचारी समेत तय भइसकेको खतिवडाले जानकारी दिनुभयो।

परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालनका लागि प्रति परीक्षा केन्द्रमा ३५ जना सुरुक्षाकर्मी खटाइने छ भने प्रश्नपत्र र उत्तरपुस्तिका पुर्याउन समेत दुई सुरक्षाकर्मी परिचालन हुने शाखाले जनाएको छ।

परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि सुरक्षाकर्मीले प्रवेशपत्र र पासपोर्ट हेर्ने छन भने दोस्रो चरणमा परीक्षा केन्द्रका कर्मचारीले चेक गरेर परीक्षा हलमा प्रवेश दिने छन्। परीक्षा सञ्चालन भइरहेको अवधिमा निरीक्षकले चेक गर्ने खतिवडाले जानकारी दिनु भयो।

कोरिया सरकारसँग सन् २००७ मा सम्झौता भइ नेपाल सरकार आफँैले सन् २००८ बाट कामदार पठाउँदै आएको छ। अहिलेसम्म ४४ हजार भन्दा बढी युवा रोजगारीका लागि कोरिया पुगिसकेका छन्।

कोरिया सरकारले सन् २०११ पछि सबैभन्दा बढी कामदार सन् २०१८ लाने तयारी गरेको छ। सन् २०१६ मा ६१ हजारले परीक्षा आवेदन फारक भरेका थिए। यो वर्ष १४ हजार बढीले फारम भरेका छन्।

गतवर्ष ३५ सय १७ जना उर्तीण भएका थिए भने यो वर्ष झण्डै १० हजार पाँच सय जना उर्तीण हुने छन्। सन् २००८ को पहिलो कोरियन भाषा परीक्षमा ३१ हजार पाँच सय २५ जना सहभागी भएका थिए।

सन् २०१८ मा आइपुग्दा ७५ हजारले आवेदन दिइसकेका छन्। यसैगरी सन् २०१० मा ३६ हजार दुई सय ३, २०११ मा ५० हजार ४३, सन् २०१३ मा ४४ हजार एक सय २२, सन् २०१४ मा ५८ हजार सात सय ४६, सन् २०१५ मा ५१ हजार एक सय ३७ जना परीक्षामा सहभागी भएका थिए।

परीक्षमामा सहभागी मध्ये सन् २००८ मा ६ हजार सात सय ८६, सन् २०१० मा चार हजार एक सय ८०, सन् २०११ मा १५ हजार ६ सय ७८, सन् २०१३ ८ हजार ५१, सन् २०१४ मा ३६ सय ६४, सन् २०१५ मा ८ हजार चार सय ९० र सन् २०१६ मा ३५ सय १७ जना भाषा परीक्षामा उर्तीण भएका थिए।

सन् २००८ देखि सन् २०१६ को भाषा परीक्षासम्ममा ३ लाख ३२ हजार चार सय २ जना सहभागी भइसकेका छन्। जसमा ४५ हजार नौ सय ९१ जना पुरुष र ४३ सय ७४ जना महिला गरी कुल ५० हजार तीन सय ६५ जन भाषा परीक्षामा पास भएको शाखाले जनाएको छ।

भाषा परीक्षामा पास भएका मध्ये ४९ हजार चार सय ५१ जनाले कामका लागि प्रक्रिया सुरु गरेकोमा अहिलेसम्म ४४ हजार भन्दा बढी कोरिया पुगिसकेका छन्। जसमा २८ सयको हाराहारीमा महिला रहेका शाखाले जनाएको छ।अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर