![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](http://aamsanchar.com/wp-content/uploads/2017/06/Untitled-1-1.png)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
बाहिर जे जस्ता टीका टिप्पणी गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओली पनि रेणुलाई जिताउन तयार देखिँदै जानु भएको छ । त्यसका लागि उहाँले भविष्यको सत्ता राजनीतिमा कुनै न कुनै सहमति गरिसक्नु भएको बताइन्छ । नियोजित रुपमा मतपत्र च्यातिएको भरतपुर घटनामा रेणु पराजित हुने स्थिति बनिसकेको थियो ।
तर, मतपत्र च्यातेर नयाँ अवस्था सृजना गरियो । माओवादी केन्द्रका कार्यकर्तालाई मतपत्र च्यात्न पहिल्यै अर्हाइएको थियो । योजना बमोजिम निर्वाचन अधिकृतहरुसमेत शंकाको घेरामा छन् । ग्रान्ड डिजाइन बमोजिम भएको घटनामा निर्वाचन आयोगले पुनः निर्वाचनको निणय दियो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
उसले विगतमा एमालेले यस्तै गतिविधि गरेर पुनः निर्वाचन गर्न बाध्य भएको नजिरका आधारमा निर्णय लियो–जसले भविष्यमा मतपत्र च्यात्ने गतिविधि धेरै हुने अवस्था बनेको छ । छोरी रेणुलाई जिताउन कुनै न कुनै तरिकाले धाँधली गर्नुपर्ने अवस्था भरतपुर महानगरको वडा नम्बर १९ मा रहेको छ ।
यसका लागि विपक्षी एमालेका नेतालाई समेत प्रभावमा पारी छोरीका लागि मैदान छाडिदिए आफूले एमालेलाई सत्ताको खेलमा गुन तिर्ने वचन दिएको बताइन्छ । यो खेललाई मान्न ओलीसमेत तयार हुनुभएको बताइन्छ । षड्यन्त्रमूलक राजनीतिको शिकारचाहिँ एमाले उम्मेदवार देवी ज्ञवाली बन्ने देखिँदैछ ।
उहाँलाई हराएर भए पनि एमालेका नेताले सत्ता राजनीतिमा हुने भविष्यको जोडघटाउमा सफल बन्ने रणनीति बनाएका छन् । नेपाली कांग्रेसले निश्चित रुपमा जित्ने क्षेत्रमा सत्ता पाउनका लागि शेरबहादुर देउवाले आफ्ना कार्यकर्ता दिनेश कोइरालालाई बलिको बोको बनाउनु भएका थिए ।
कोइरालाको उम्मेदवार पत्र पठाएर फिर्ता गराउनु भएको थियो । देउवाले रेणुको प्रचारमा भाषणसमेत गरेर फर्किनु भएपछि कांग्रेस कार्यकर्तामाझ असन्तुष्टि बढेको थियो, खबर विमर्शमा उल्लेख छ ।
नेपाली कांग्रेसको इतिहासमा सभापतिले कुनै विपक्षी दलको उम्मेदवारको प्रचारमा भाषण गरेर फर्किएको यो पहिलो घटना बन्यो–जसले कांग्रेस कार्यकर्ताहरुको मनसमेत दुखायो । उता एमालेले चाहिँ भित्री रणनीति बनाएर माओवादीका उम्मेदवारलाई जिताउन भविष्यमा हुने कुनै षड्यन्त्रमा साथ लिने गरी सहमति बनायो ।
न्यूज अभियानवाट साभार