Aamsanchar

झापामा मात्रै ९६% लागूऔषध प्रयोगकर्ता

Author Image
शनिवार, जेठ २७, २०७४

(नरेन्द्र ढकाल)
बिर्तामोड।

लागूऔषध प्रयोगकर्ता मध्ये मेची अञ्चलका चार जिल्ला मध्ये झापामा मात्रै ९६ प्रतिशत मानिसले लागूऔषध सेवन गर्ने गरेको प्रहरीले जनाएको छ । इलाम, पाँचथर र ताप्लेजुङमा ४ प्रतिशत मात्र लागूऔषध सेवनकर्ता रहेको प्रहरीको तथ्यांक छ ।
अञ्चल प्रहरी कार्यालय मेचीमा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक पिताम्बर अधिकारीले चार जिल्ला मध्ये झापामा लागूऔषध सेवन गर्नेको संख्या अधिक रहेको बताए । प्रहरी प्रमुख अधिकारीले पछिल्लो समय लागूऔषध प्रयोग गर्नेमा महिलाको संख्यामा पनि वृद्धि हँुदै गएको जानकारी दिए ।
विगत तीन वर्षको अवस्था हेर्ने हो भने ब्राउन सुगरको कारोबारमा समेत वृद्धि भएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७१÷७२मा ७४.८९ ग्राम, २०७२÷७३मा २१.३८ ग्राम, २०७३÷७४ को १० महिनाको अवधिमा २१७.३१४ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
त्यस्तै गाँजा, चरेश, नाइट्रोसन, स्पास्मो प्रोक्सिभन, लुपिजेसिक, फेनारगन, डायजापाम, कोरेक्सको कारोबारमा समेत वृद्धि भएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । प्रहरीका अनुसार आर्थिक वर्ष २०७१÷७२मा ११.६५ किलो, आर्थिक वर्ष २०७२÷७३मा २१.३८ किलो र चालू आर्थिक वर्षको १० महिनामा २१.३८४ किलो गाँजा, त्यस्तै चरेश ५८४ ग्राम, १८.३० केजी, २.३४० केजी, नाईट्रोसन ५८३ थान, १७४२ थान, ४७०६ थान, स्पास्मो प्रोक्सिभन ६९६ थान, ३८८ थान र ७४ थान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले लुपिजेसिक, फेनारगन, डायजापाम, कोरेक्स लगायतका लागूऔषध पनि बरामद गरेको जनाएको छ । अधिकांश लागूऔषध झापाबाट बरामद गरेको अञ्चल प्रहरी कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए ।
प्छिल्लो समय इलाममा पनि लागूऔषध प्रयोगकर्ता बढ्न थालेको भन्दै प्रहरीले चिन्ता ब्यक्त गरेको छ । इलामबाट प्रहरीले आर्थिक वर्ष २०७२÷७३मा ३ ग्राम ब्राउन सुगर बरामद गरेकोमा चालूआर्थिक वर्षमा भने २००.०४ मिलि ग्राम बरामद गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७२÷७३ मा ६२ ग्राम गाँजा बरामद गरेको प्रहरीले चालु आर्थिक वर्षमा ६.११ केजी बरामद गरेको प्रहरीले पाँचथरबाट ५०० ग्राम र ताप्लेजुङबाट ५० ग्राम गाँजा बरामद गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
झापामा धेरै पक्राउ परे
लागूऔषध कारोबारीमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेकाहरुलाई लागूऔषध ऐन अन्तर्गत मुद्दा चलाएको अञ्चल प्रहरी प्रमुख अधिकारीले बताए । उनका अनुसार आर्थिक वर्ष २०७१÷७२मा १२४ जनालाइै झापाबाट र दुई जनालाई इलामबाट पक्राउ गरेको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७२÷७३मा १०५ झापाबाट र ५ जना इलामबाट, त्यस्तै चालूआर्थिक वर्ष २०७३÷७४ माको १० महिनाको अवधिमा ९७ जना झापा र ७ जनालाई इलामबाट पक्राउ गरेको अञ्चल प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरेको छ ।
लागूऔषधको ओसारपसार तथा सेवनमा महिलाको संख्या बढ्दै
प्रहरीले लागूऔषध नियन्त्रणका लागि निरन्तर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर चेतना फैलाउने काम गरिरहे पनि पछिल्लो समय लागूऔषध प्रयोगकर्ताको संख्यामा बृद्धि भइरहेको जनाएको छ । महिला पनि लागूऔषध प्रयोग र सेवनको क्षेत्रमा बढ्दै जानु चिन्ताको विषय बनेको बताइएको छ ।
प्रहरीले आर्थिक वर्ष २०७१÷७२मा १० महिलासहित १५८ जनालाई पक्राउ गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७२÷७३ मा १० महिलासहित १५४ पुरुष, चालूआर्थिक वर्ष २०७३÷७४ मा ९ महिलासहित १५९ पुरुषलाई पक्राउ गरिएको जनाएको छ । प्रहरी प्रमुख अधिकारीले लागूऔषध सेवनकर्ताको संख्या ५ सयभन्दा बढी रहेको जानकारी दिएका छन् ।
वर्षेपिच्छे सयभन्दा बढी मुद्दा दायर
प्रहरीले लागूऔषध सेवन तथा कारोबारीमा संलग्न भएको भन्दै मेची अञ्चलबाट सय भन्दाबढी मुद्दा चलाएकोे छ । प्रहरीले आर्थिक वर्ष २०७१÷७२मा १२७, आर्थिक वर्ष २०७२÷७३मा ११० र चालूआर्थिक वर्षको १० महिनाको अवधिमा १०१ जना विरुद्ध लागूऔषध अन्तर्गत मुद्दा दायर गरिएको अञ्चल प्रहरी प्रमुख अधिकारीले जानकारी दिए ।
लागूऔषधको विषयलाई लिएर वर्षेपिच्छे सय भन्दाबढी मुद्दा चलाउनु परेको भन्दै अधिकारीले मानिसमा सचेतनाको खाँचो रहेको बताए । प्रहरीले सचेतना फैलाउने काम गरिरहेको भन्दै उनले समाजमा रहेका सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।
संगतले लागूऔषधमा डोहो¥याउ“दै
साथी संगतका कारण धेरै मानिस लागूऔषध सेवनको कुलतमा फस्दै गएको प्रहरीले जनाएको छ । किशोरकिशोरी तथा प्रौढ अवस्थामा रहेका मानिस समेत साथीसंगतका कारण लागूऔषधको दुव्र्यसनमा फस्ने गरेको अञ्चल प्रहरी कार्यालय मेचीका प्रमुख पिताम्बर अधिकारी बताए ।

उनका अनुसार संगतका कारण ४२ प्रतिशत मानिस लागूऔषधको कुलतमा फसेका छन् । त्यस्तै असफल प्रेम पनि लागूऔषध सेवनको कारक बनेको प्रहरीले जनाएको छ ।
असफल प्रेमका कारण १३ प्रतिशत, मानसिक रोगका कारण ७ प्रतिशत, शिक्षामा असफलताका कारण १० प्रतिशत लगायतका कारणले मानिसहरु लागूऔषधको दुव्र्यसनमा फस्ने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
जन्मकैद सम्मको सजाय
लागूऔषध नियन्त्रण सम्बन्धि ऐन २०३३ बमोजिम लागूऔषधको प्रकार तथा परिमाण हेरेर एक महिनादेखि जन्मकैदसम्मको सजाय हुने कानूनमा उल्लेख गरिएको छ । प्रहरीका अनुसार लागूऔषधको सेवन, कारोबार तथा उत्पादन, प्रशोधन आयात÷निर्यात, सञ्चय लगायत विभिन्न प्रकृति हेरेर कानून अनुसार सजाय हुने बताइएको छ ।
चारै जिल्लामा प्रहरीको अभियान
अञ्चल प्रहरी कार्यालय मेचीले झापासहित इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको अञ्चल प्रहरी प्रमुख अधिकारीले जानकारी दिए ।

झापामा विभिन्न सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थीका साथै विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम गरेर लागूऔषधविरुद्धका कार्यक्रमद्वारा सचेतना फैलाउने काम गरिरहेको प्रहरीले जनाएको छ ।

इलामका विभिन्न स्थान तथा पाँचथर र ताप्लेजुङमा पनि विभिन्न सचेतनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको अञ्चल प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)