Aamsanchar

दलित र महिला उम्मेदवारलाई निर्वाचन शिक्षा

Author Image
आइतवार, जेठ २८, २०७४

तेह्रथुम ।

तेह्रथुमको छथर गाउँपालिकाका दलित र महिलालाई निर्वाचनसम्बन्धी शिक्षा दिइएको छ ।

दलित वर्ग उत्थान जिल्ला समन्वय समितिले शुक्रबारे बजारमा कार्यक्रमको आयोजना गर्दै छथर क्षेत्रका दलित घरधुरी सदस्यहरु र दलित महिला उम्मेदवारलाई आसन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा जानकारी दिएको हो ।

कार्यक्रममा स्थानीय तह निर्वाचनको महत्व, आवश्यकता, स्थानीय तह गठन प्रक्रिया, गाउँ सभा, गाउँ कार्यपालिका, नगर सभा, नगर कार्यपालिका, जिल्ला सभा, समन्वय समितिलगायत विषयमा सहभागीलाई जानकारी दिइएको उपाध्यक्ष जमुना बर्देवाले बताउनुभयो ।

सहभागीले स्थानीय तह निर्वाचनमा दलित सहभागिता सन्तोषजनक रुपमा नै भएको भन्दै निर्वाचित प्रतिनिधिलाई पनि विभेदको सिकार भएर नबस्न सुझाव दिए ।

महिला उम्मेदवारले भने निर्वाचित भएपछि दलित समुदायको हितमा काम गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा निर्वाचन शिक्षा स्रोत व्यक्ति कृष्णप्रसाद घिमिरेले सहजीकरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर