Aamsanchar

नेपाल, भारत, श्रीलंकालगायत ६ देशका टिम सहभागी क्रिकेट नेपालमा हुने

Author Image
आइतवार, जेठ २८, २०७४

काठमाडौं,  

एसियाका ६ वटा देशका टिम सहभागी हुने एसियन प्रिमियर लिग ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ । क्रिकेट कन्ट्रोल बोर्ड अफ चन्ढिगढ पन्जाब (भारत)को आयोजनामा असार ५ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपालसहित भारत, अफगानिस्तान, दुबई, श्रीलंका र बंगलादेशका टोली सहभागी हुनेछन् ।

लिग चरणमा उत्कृष्ट ४ टिम सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताका सबै १९ वटा खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् ।  प्रतियोगिताको बिजेताले २५ लाख रुपैयाँ, उपबिजेताले १० लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

विभिन्न देशका उदयमान खेलाडीलाई अवसर प्रदान गर्न साथै क्रिकेटको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदको पनि सहयोग रहनेछ भने  सोनी सिक्स टेलिभिजनले खेलको प्रत्यक्ष प्रसारण गर्नेछ ।-उज्यालोबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर