Aamsanchar

सहाराले एक वर्षमा बेच्यो ५५२ गाडी, अबको वर्ष २२४० वटा बेच्ने लक्ष्य

Author Image
मङ्गलवार, जेठ ३०, २०७४

बिर्तामोड।

विभिन्न कम्पनीका गाडी बिक्रीमा छोटो समयमा उल्लेख्य सफलता हासिल गरेको बिर्तामोडस्थित सहारा अटो मोवाइल्स एण्ड कृषि कम्पनीले वार्षिक समिक्षा तथा योजना कार्यशाला आइतबार सम्पन्न गरेको छ ।
सहारा नेपाल साकोसले विभिन्न क्षेत्रमा लगानी बढाउनेक्रममा शुरु गरेको सहारा अटो मोवाइल्स एण्ड कृषि कम्पनीले एक वर्षको अवधिमा उल्लेख्य प्रगति हासिल गरेको भन्दै सहाराका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले त्यसका निम्ति कार्यक्षेत्रमा खटिने सबैलाई धन्यवाद दिए । उनले अबको वर्ष कम्पनीले बिक्री गर्ने विभिन्न गाडीको लक्ष्य समेत सार्वजनिक गरे ।
गिरीका अनुसार सहाराले टिभीएस कम्पनीको तीन चक्के टेम्पो १५ सय वटा बिक्री गर्ने लक्ष्य लिएको छ । त्यस्तै महेन्द्र गुजरात ट्याक्टर तीन सयवटा बस र ट्रक ६०÷६० वटा, कार दुईसय वटा र पिकअप एकसय २० वटा बिक्री गर्ने लक्ष्य लिएको सो अवसरमा बताइयो ।
सहारा अटो मोवाइल्स एण्ड कृषि कम्पनीका लक्ष्मण खतिवडाका अनुसार टिभीएस कम्पनीको तीन चक्के टेम्पो, एक वर्षमा चारसय ४७ वटा बिक्री गरेको छ । त्यस्तै ५३ वटा महेन्द्र गुजरात ट्याक्टर, अशोक लिल्याण्डका पिकअप भेन १० वटा, ट्रिपर÷ट्र १३ वटा र बस २४ वटा बिक्री गरेको छ ।
त्यस्तै रेनल्ट कम्पनीको डस्टर र क्वीड कार, पाँच वटा बिक्री गर्न सफल भएको उक्त अवसरमा सहारा अटो मोवाइल्स एण्ड कृषि कम्पनीका टेकनाथ खनालले जानकारी दिए । कार्यक्रममा सहाराले बिक्री गर्दै आएको सबै कम्पनीका गाडीको बारेमा कम्पनीको टिमले बेग्लाबेग्लै प्रस्तुति गरेको थियो । कम्पनीमा देखा परेका चुनौति र समाधानका उपायको बारेमा ईश्वरप्रसाद भट्टराईले जानकारी गराएका थिए ।
सहाराका कर्मचारी, सेल्स टिम, सञ्चालक समितिहरुको सहभागिता रहेको कार्यक्रममा शुक्रबहादुर तामाङले स्वागत गरेका थिए । सहारा नेपाल साकोसका वरिष्ठ उपाध्यक्ष हरि निरौलाले छोटो अवधिमा भएको उपलब्धिप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा अझ उत्साहका साथ अघि बढ्न कर्मचारीलाई आग्रह गरे ।
सो अवसरमा आगामी वर्षको योजना र कार्यक्रमबारे काशीनाथ नेपाल र मातृका सुवेदी प्रस्तुति गरेका थिए । गाडीको सेल्स टिममा रहेका कर्मचारीलाई टेकनाथ खनाल र पवन मण्डलले ‘इन्सेन्टिभ’ वितरण गरेका थिए ।
कार्यक्रममा सहारा नेपालका प्रमुख कार्यकारी निर्देशक महेन्द्र गिरी, उपनिर्देशक लक्ष्मण खतिबडा, टिभिएस टेम्पोका तर्फबाट पुरुषोत्तम अधिकारी, महेन्द्रा गुजरातका तर्फबाट पीके शर्मा र रेनल्डका तर्फबाट तेज पौडेल लगायतले कम्पनीले गरेको प्रगतिका बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर