Aamsanchar

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको स्थापना दिवस

Author Image
मङ्गलवार, जेठ ३०, २०७४

सुरुङ्गा,

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको चौथो स्थापना दिवस झापामा मनाइएको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल झापा शाखाको आयोजनामा जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा भएको कार्यक्रममा जल, जमिन र जंगलसँग सम्बन्धित समस्या न्यूनिकरणका लागि सरकारी, गैरसरकारी, निजी तथा नागरिक समाजको अहम् भूमिका हुनेमा सहभागी वक्ताहरुले जोड दिए ।
सरोकारवाला बीचमा वार्ता र छलफलका माध्यमबाट समस्याको दीर्घकालीन समाधान खोजिनु पर्नेमा उनीहरुको जोड थियो । प्राकृतिक स्रोतसँग सम्बन्धित समस्याहरुमा केन्द्रले सकारात्मक भूमिका खेलेकोमा सबैले संस्थाको प्रशंसा गरेका थिए ।
पूर्व वन राज्यमन्त्री वीरमणि ढकालको प्रमुख आतिथ्य, झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको विशिष्ट आतिथ्य तथा राष्ट्रिय जल उपभोक्ता महासंघका केन्द्रीय उपाध्यक्ष विष्णु खतिवडाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा अञ्चल प्रहरी प्रमुख पिताम्बर अधिकारी, सिंचाइ कार्यालय प्रमुख ईश्वरीप्रसाद तिवारी, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख कृष्ण बराल, जिल्ला प्रहरी कार्यालय प्रमुख शैलेस थापा, जिल्ला वन कार्यालयका प्रमुख बोधराज सुवेदी, जिल्ला शिक्षा अधिकारी योगेन्द्र बराल, सशस्त्र प्रहरी बल उपनिर्देशक आनन्द नेम्बाङ लिम्बू, संवाद समूह झापा अध्यक्ष दिपेन्द्र भट्टराई, सामुदायिक वन उपभोक्ता महासंघ महासचिव पुष्प भण्डारी, सचिव भवानी खतिवडा, कोषाध्यक्ष शारदा बराल, शहीद राजन गिरीका पिता केदार शमशेर गिरी, जामुनावारी सामुदायिक वन समूहकका अध्यक्ष परशुराम गिरी लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोतव्यक्ति संगीता थापाले संस्थाले जल, जमिन र जंगलसँग सम्बन्धित समस्याका बारेमा गरेको सहजीकरणबारे जानकारी गराएकी थिइन् । कार्यक्रमको सञ्चालन मानबहादुर खड्काले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर