Aamsanchar

पुरुष यात्रीले ध्यानदिनुस्.,गाडीमा खुट्टा फैलाएर नबस्नुहोला !

Author Image
मङ्गलवार, जेठ ३०, २०७४

झापा ।

स्पेनको राजधानी मड्रिडमा सार्वजनिक गाडीमा पुरुष यात्रुले खुट्टा फैलाएर बस्न नपाउने नियम लागु भएको छ ।

नियम लागु गर्दै स्पनेको यातायात विभागले सार्वजनिक गाडीको सिटमा खुट्टा फैलाएर बस्ने पुरुष यात्रु विरुद्ध अभियान चलाएको छ । मड्रिडमा सर्वाजनिक गाडी सञ्चालन गर्दै आएको इएमटीले गाडीमा नयाँ संकेट राखेको छ, जसमा पुरुष यात्रुलाई सिटमा फैलिएर बस्न मनाही गरिएको छ ।

अहिले शहरको मेट्रो सिस्टममा यो अभियान सुरु गरिएको छ । एक महिला संगठनले यात्राको क्रममा पुरुष सिटीमा फैलिएर बस्दा महिलालाई समस्या भएको भन्दै अनलाईन मार्फत गरिएको अपिलपछि नयाँ नियम लागु गरिएको हो । बसमा पुरुष यात्रुले खुट्टा फैलाएर बस्नुलाई अंग्रेजीमा म्यानस्प्रेडिङ भनिन्छ । यो शब्दलाई दुई वर्ष पहिले अक्सफोर्ड डिक्सनेरीमा सामेल गरिएको थियो ।

मड्रिडअघि विश्वका अरु चार शहरमा म्यानस्प्रेडिङ विरुद्ध अभियान चलाइएको थियो । पुरुष यात्रुले खुट्टा फैलाएर बस्दा महिला यात्रुसहित अरुलाई यात्रामा समस्या हुने गरेको छ । यसरी खुट्टा फैलाएर बस्दा अर्को यात्रुको सिट पनि ओगट्ने भएकाले समस्या हुने गरेको छ ।

यसअघि सन् २०१४ मा अमेरिकाको न्युयोर्कमामा म्यानस्प्रेडिङ विरुद्ध अभियान चलाइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर