Aamsanchar

प्रमख व्यापारिक केन्द्र बिर्तामोडको मेयर र उपमेयरमा १२ जना भिड्दै

Author Image
बुधवार, जेठ ३१, २०७४

बिर्तामोड।


मेची अञ्चलकै मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको बिर्तामोड नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयर पदमा स्वतन्त्रसहित ६÷६जना चुनावी मैदानमा उत्रिएका छन् ।
देशमै अव्यवस्थित शहरको रुपमा परिचय पाएको बिर्तामोड नगरपालिकालाई अब स्मार्ट र नमूना बनाउने उम्मेदवारहरुको प्रतिबद्धता छ । सबै उम्मेदवारले बिर्तामोडको भौतिक विकास र सुशासनमा जोड दिएका छन् । भ्रष्टाचारमुक्त गरी समृद्ध र देशकै नमूना नगरको रुपमा बिर्तामोडलाई विकास गर्न उम्मेदवारहरुले बताएका छन् । चुनावी प्रचारका लागि मैदानमा उत्रिएका उम्मेदवारले विकासका विभिन्न एजेण्डा अघि बढाएका छन् ।
संवाद समूहको सचिवालय झापाको संयोजनमा आज बुधवार बिर्तामोडमा भएको सबै उम्मेदवारसँगको छलफलमा उनीहरुले बिर्तामोड नगरको विकासका लागि राखेका अधिकांश एजेण्डा साझा देखिएका छन् । उनीहरुले निर्वाचनलाई द्वन्द्वरहीत बनाउने लगायतका छ बुँदे साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
बिर्तामोड नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसबाट जलकुमार गुरुङ, नेकपा एमालेबाट धु्रव शिवाकोटी, नेकपा माओवादी केन्द्रबाट सीपी कडरिया, राप्रपाबाट भक्ति सिटौला, नेकपा मालेबाट मन्दिरा बराल र नेकपा माओवादी क्रान्तिकारीका देशभक्त गणतान्त्रिक मोर्चाबाट स्वतन्त्र रुपमा बालकृष्ण बुढाथोकीले उम्मेदवारी घोषणा गरेका छन् ।
त्यस्तै उपमेयरमा नेपाली कांग्रेसबाट पार्वता गिरी, नेकपा एमालेबाट पवित्रा महतरा प्रसाईं, नेकपा माओवादी केन्द्रबाट लक्ष्मी न्यौपाने सरु, राप्रपाबाट लीला अनमोल, नेकपा मालेबाट भोलानाथ उप्रेती र स्वतन्त्रबाट सज्जनकुमार बंशल उम्मेदवार बनेका छन् ।  कांग्रेसबाट मेयरको उम्मेदवार बनेका गुरुङले सामाजिक सुरक्षा, न्याय र विकास निर्माण गरी मुख्य तीन विषयलाई प्राथमिकतामा राखेका छन् । एमालेबाट मेयरका उम्मेदवार शिवाकोटीले बिर्तामोडलाई विषादिमुक्त र प्रदुषणमुक्त नगर बनाउँदै व्यवस्थित शहरीकरणको एजेण्डा अघि सारेका छन् ।

माओवादी केन्द्रबाट मेयरका उम्मेदवार कडरियाले भौतिक पूर्वाधार तथा आर्थिक र सामाजिक विकासलाई प्राथमिकता दिने बताउँदै भ्रष्टाचारमुक्त सवल र समृद्ध बिर्तामोड निर्माणमा जोड दिएका छन् । राप्रपाबाट मेयरका उम्मेदवार सिटौलाले तीन महिनाभित्रै विशेषज्ञसहित व्यवस्थित बिर्तामोडको प्लानिङ गरेर व्यवस्थित, शान्त बिर्तामोड र युवालाई स्थानीय ठाउँमै रोजगारीको व्यवस्था गर्ने एजेण्डा अघि सारेका छन् ।
सबै पार्टी र स्वतन्त्र उम्मेदवारहरुलाई पहिलोपटक एकैथलोमा जमघट गराएर हार्दिकता र सौहार्दता साटासाट गर्ने अवसर दिइएको भन्दै उनीहरुले संवाद समूहप्रति धन्यवाद समेत ज्ञापन गरेका थिए । सबै उम्मेदवारले नगरलाई नगरलाई भ्रष्टाचारमुक्त बनाउने, रोजगारीको सिर्जना गरेर युवाशक्ति पलायनलाई रोक्ने विकासका एजेण्डा अघि सारेका छन् ।
त्यस्तै सडक कालोपत्रे र स्तरोन्नति, विद्युतीकरण, शिक्षाको गुणस्तर वृद्धि, खानेपानीमा पहुँच, व्यवसायिक कृषिका लागि विभिन्न कार्यक्रम, पर्यटन प्रबद्र्धन, सामाजिक सुरक्षा भत्ता घर–घरमा पु¥याउने, फोहोर व्यवस्थापन, औद्योगिक करिडोर, कृषि करिडोर निर्माण, खेलकुदको विकास जस्ता विकासका एजेण्डा पनि अघि सारेका छन् । महिला सशक्तिकरण, बाल र युवा सशक्तिकरण, महिलाका लागि हेल्पडेक्स, प्राविधिक शिक्षा प्रदान, हरितनगरी, चन्दाआतंक बन्द लगायतका एजेण्डा समेत उम्मेदवारले प्रस्तुत गरेका थिए ।

बिर्तामोड नगरपालिकाका उम्मेदवारहरुले व्यक्त गरेको छ बँुदे साझा प्रतिबद्धतामा निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने, कुनै पनि चुनावी एवम् राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने रहेका छन् ।
त्यस्तै आफ्ना गतिविधिलाई शान्तिपूर्ण, मर्यादित बनाउँदै निर्वाचनलाई द्वन्द्वरहीत बनाउने, निर्वाचन प्रचार–प्रसारलाई तडक–भडकरहित कम खर्चिलो र मितव्ययी बनाउने, मतदाता शिक्षालाई प्रभावकारी बनाउन सहयोगी भूमिका निर्वाह गर्ने पनि उनीहरुको प्रतिबद्धता छ ।

त्यस्तै सबै राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरुले एकअर्काको सह–अस्तित्व स्वीकारी आदर सम्मानपूर्वक व्यवहार गर्दै असल राजनीतिक संस्कारको विकास गर्ने प्रतिबद्धता समेत जनाएका छन् । छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र खगेन्द्र खरेलले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर