Aamsanchar

कर्णाली नदीमा बस खस्यो : १० जनाको मृत्यु

Author Image
बुधवार, जेठ ३१, २०७४

सुर्खेत :

कालिकोटमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नम्बरको यात्रु बस बुधबार दिउँसो साढे तीन बजे कर्णाली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार १० जनाको मृत्यु भएको छ । जसमा सात जना पुरुष, दुई महिला र एकजना बच्चाको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।

यस्तै १८ यात्रु घाइते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत खिड्कीज्यूला र राकमको बीचमा पर्ने राकम वेल्तडीमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।-अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर